मधेस


मधेस प्रदेशसभाको बैठकमा आजदेखि मन्त्रालयगत बजेटमाथि दफाबार छलफल हुने

मधेस प्रदेशसभाको बैठकमा आजदेखि मन्त्रालयगत बजेटमाथि दफाबार छलफल हुने

नेपालखबर
असार २२, २०७९ बुधबार १०:५२, काठमाडौँ

मधेस प्रदेशसभाको बैठकमा आजदेखि प्रदेश सरकारको मन्त्रालयगत बजेटमाथि दफाबार छलफल सुरु हुने भएको छ।

आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० मा प्रदेश सरकारको विभिन्न मन्त्रालयका लागि विनियोजित बजेटमाथि दफावार छलफल सुरु हुने प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी दिए।

 मन्त्रालयगत बजेटको छलफल सकिएपछि असार २५ गते आगामी आव २०७९/८० को बजेट पारित हुने मन्त्री साहले बताए। 

आर्थिक विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको हिजोको बैठकमा सैद्धान्तिक छलफल सकिएपछि आजदेखि मन्त्रालयगत बजेटमाथि छलफल हुने मन्त्री साहको भनाइ छ।

प्रदेश सरकारका अर्थमन्त्री साहले गत असार १ गते प्रदेशसभा बैठकमा आगामी आव २०७९/८० का लागि रु ४६ अर्ब ८८ करोड नौ लाख ४६ हजारको बजेट प्रस्तुत गरेका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad