नगर सभामा गणपूरक संख्या नपुगेपछि बाराको जितपुर सिमरा उपमहानगरपालिकाको बजेट कार्यक्रम स्थगित भएको छ।
नेकपा एमालेबाट निर्वाचित वडाध्यक्षहरुले शुक्रबारको नगरसभा बहिष्कार गरेका थिए।
परामर्श नगरी नगर सभाको बैठक आयोजना गरेको भन्दै एमालेबाट निर्वाचित वडाध्यक्षले अुन्तुष्टि जनाउँदै नगरसभाको बैठकमा उपस्थित भएका थिएनन्।
उपमहानगर प्रमुख राजन पौडेलले गणपुरक संख्या नपगेपछि नगरसभा स्थगित गरिएको बताए।
‘आजको लागि बोलाइएको नगर सभाको बैठकमा गणपुरक संख्या पुगेन र स्थगित भयो,’ पौडेलले नेपालखबरसँग भने, ‘अब विधि र प्रक्रिया अनुसार अघि बढ्छ। सायद बेलुकासम्म सूचना जारी गछौँ।’
नगरसभामा पचास प्रतिशत भन्दा बढी सदस्य उपस्थित नभएमा गणपुरक संख्या नपुगेको मानिनेछ र तीनदिनभित्र अर्काे बैठक बोलाउनुपर्ने व्यवस्था छ।
यदि दोस्रो पटकको बैठक बोलाउँदा पनि गणपुरक संख्या नपुगे कम्तीमा पचास प्रतिशत सदस्यको उपस्थितिमा नगर सभा बस्नेछ।
वडा नम्बर ३ का वडाध्यक्ष तारा कार्कीले शुक्रबार निर्धारित मितिमा बजेट ल्याउन असफल हुनुमा प्रमुख दोषि रहेको आरोप लगाए।
वडाध्यक्षहरुसँग परामर्श गरेर मात्र नीति तथा कार्यक्रम र बजेट निर्माण हुनुपथ्र्याे त्यसो भएन, मेयर सावले आँफैले बजेट ल्याउनुभयो, परामर्श भएन,’ कार्कीले नेपालखबरसँग भने, ‘कहिले ल्याउने टुंगो छैन, हामीसँग सहकार्य नभई बजेट ल्याउन संभव छैन।’
उपमहानगरपालिका प्रमुख पौडेलले एमालेबाट निर्वाचित वडाध्यक्षले बजेट ल्याउने कार्यक्रम स्थगित गराउन केहीदिनदेखि भूमिका खेलेको बताए।
‘उहाँहरुले बहुमत वडा जितेपछि बजेट रोक्ने योजना बनाउनुभएको रहेछ,’ पौडेलले भने, ‘सहमतिका लागि पटक पटक गरिएका प्रयास सफल भएनन्।’
उनले कार्यपालिकाबाट पारित बजेट शुक्रबार नगरसभामा पेश गर्न लाग्दा एमालेबाट निर्वाचित वडाध्यक्षहरु उपस्थित नै नभएको बताए।
Shares
प्रतिक्रिया