ad ad

लुम्बिनी


संसदकै झल्को दिनेगरी लुम्बिनीका युवाको ‘नमुना प्रदेश सभा’

संसदकै झल्को दिनेगरी लुम्बिनीका युवाको ‘नमुना प्रदेश सभा’

रिया क्षेत्री
असार ११, २०८१ मंगलबार २१:६, बुटवल

लुम्बिनी प्रदेशमा प्रदेश स्तरीय नगर युवा प्रदेश सभा अभ्यास सम्पन्न भएको छ।

असार ८ गतेदेखि सुरु भएको संसदीय अभ्यास कार्यक्रम आज (११ गते) समापन भएको हो।

४ दिनसम्म चलेको उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका सबै स्थानीय तहको गाउँसभाबाट छनौट भएर आएका युवाको प्रतिनिधित्व गर्ने ४२ जनाको सहभागिता रहेको थियो।

राष्ट्रिय युवा परिषद्को समन्वय र लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश युवा परिषद्ले नमुना युवा प्रदेश सभा–२०८१ संचालन गरेको हो।

युवालाई देशको संविधान नियम कानुन, संसदीय व्यवस्था अभ्यास र अनुशासन सिकाइ, भविष्यमा असल नेतृत्व गर्न सक्षम जनशक्ति उत्पादन गर्नका लागि कार्यक्रम गरिएको आयोजकले जनाएका छन्।

कार्यक्रम समापनका अवसरमा बोल्दै युवा परिषद्का उपाध्यक्ष गोविन्द बहादुर खत्रीले युवाहरूको क्षमता र योग्यता पहिचान गरी मेरो देश म बनाउँछु भन्ने उदेश्यले समृद्ध राष्ट्र निर्माणमा अगाडि बढ्न अनुरोध गरे।

कार्यक्रममा संवैधानिक पदमा रहेका लुम्बिनी प्रदेश सांसद तथा पूर्वमन्त्री ईन्द्रजीत थारुले लोकतान्त्रिक प्रणाली शासकीय स्वरुप र राज्य सञ्चालनको प्रक्रिया, सरकार निर्माण प्रक्रिया, बजेट निर्माण, प्रदेश सभामा कानुन निर्माणको प्रक्रिया, सभामा पेस, छलफल र पारित, कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीच अन्तर सम्बन्ध लगायतका विषयमा सहजीकरण गरेका थिए।

सो संसदीय अभ्यास कार्यक्रम मार्फत राज्य, देशको संविधान, सरकारको प्रशासनिक तथा राजनीतिक र लोकतन्त्रिक प्रणालीहरूका बारेमा विस्तृत ज्ञान लिन पाएको सहभागीहरूले बताएका छन्। यससँगै संसदीय अभ्यास गर्दै गर्दा आफूमा क्षमता अभिवृद्धि, भाषण कला, आत्मबल तथा राज्य र राजनीतिक ज्ञान सिपको विकास भएको महसुस भएको उनीहरूले बताए।

युवा परिषदको कार्यविधि अनुसार पहिलो चरणमा स्थानीय तहमा नगर/गाउँ सभाको अभ्यास गराइन्छ नगर/गाउँसभाबाट छनौट भएका युवालाई दोस्रो चरणमा प्रदेश नमुना सभामा सहभागी गराईन्छ र प्रदेश युवा छनौट गरी संघमा पठाइने आयोजकले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .