मोतिपुर क्षेत्रका बासिन्दा डोजर प्रयोग गरेर बस्ती हटाउने तयारीविरुद्ध सडकमा उत्रिएका छन्। मोतिपुर औद्योगिक क्षेत्रको जग्गा खाली गराउन निर्देशन आएपछि स्थानीयमा आक्रोश चुलिएको हो।
प्रदर्शनमा सहभागीहरूले ‘डोजर आतंक बन्द गर’, ‘सुकुम्बासी हुनु रहर होइन, बाध्यता हो’, ‘सामाजिक सञ्जाल स्टाटस बन्द गर, सुकुम्बासी समस्या समाधान गर’ जस्ता नारा लगाएका थिए।
उनीहरूले बस्ती हटाउने कार्य अघि बढाउँदा पुनर्वासको ठोस व्यवस्था नगरी गरिएको कदम अन्यायपूर्ण भएको बताएका छन्।
स्थानीयका अनुसार अचानक जग्गा खाली गराउन निर्देशन आउँदा उनीहरू असुरक्षित महसुस गरिरहेका छन्।
‘हामीलाई बस्नको विकल्प नदिई हटाउने काम उचित होइन,’ एक प्रदर्शनकारीले भने, ‘पहिले पुनर्वासको ग्यारेन्टी हुनुपर्छ।’
प्रदर्शनमा महिला, वृद्ध र युवाहरूको उल्लेख्य उपस्थिति देखिएको थियो। उनीहरूले नीति निर्माणमार्फत दीर्घकालीन समाधान खोज्न सरकारसँग माग गरेका छन्।






Shares

प्रतिक्रिया