रोल्पाको जलजला क्षेत्रमा हिजो भएको जिप दुर्घटनामा ज्यान गुमाउनेहरूको विवरण सार्वजनिक भएको छ। दुर्घटनामा विभिन्न स्थानका गरी २० जनाको मृत्यु भएको पुष्टि भएको छ भने एक जना घाइते भएका छन्।
प्राप्त विवरण अनुसार रुकुम पूर्वको सिस्ने गाउँपालिका–५, टाकुरा बस्ने ३२ वर्षीय गोर्ख बहादुर बुढाथोकी, ५३ वर्षीया तिलकुमारी बुढाथोकी, २८ वर्षीय युवा बुढाथोकी, १० वर्षीय दिव्यन बुढाथोकी, २४ वर्षीया सृजना बुढाथोकी, १३ वर्षीय सुदीप बुढाथोकी, ४० वर्षीया ओमकुमारी बुढाथोकी, ६० वर्षीया मीना कामी, ६० वर्षीया लक्ष्मी शाह र रुक्मिणा बस्नेतको ज्यान गएको छ।
यस्तै रुकुम पूर्वकै भूमे गाउँपालिका–५ का टेकप्रसाद बुढाको पनि मृत्यु भएको छ।
दाङको घोराही उपमहानगरपालिका–१५, रतनपुरका ५४ वर्षीया दोरपती जिसी, ३२ वर्षीया तिला जिसी, ७ वर्षीय जेनिस जिसी, १२ वर्षीया जेनिसा जिसी, २५ वर्षीया एलिना जिसी, ७ वर्षीय संयोग जिसी तथा उमेर नखुलेका यमबहादुर जिसीको पनि दुर्घटनामा ज्यान गएको छ।
त्यसैगरी घोराही–१३, दाङका धनमाया विष्ट (हाल सिस्ने–५, रुकुम पूर्व बसोबास गर्दै आएका) र ४२ वर्षीय बेदु कामी (जिप चालक) को समेत मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा सिस्ने–५, रुकुम पूर्वका ३२ वर्षीय समिर कामी घाइते भएका छन्। उनी जिपको छतबाट हाम फालेर बाँच्न सफल भएका थिए। उपचारपछि उनी घर फर्किएको जनाइएको छ।
Shares

प्रतिक्रिया