कपिलवस्तुको सुद्धोधन गाउँपालिकाका उपाध्यक्ष ओमप्रकाश चौधरी कुर्मी सशस्त्र प्रहरीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी रिपेन्द्र कुमार सिंहका अनुसार उपाध्यक्ष चौधरीलाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अगाडि बढाइएको छ। अदालतबाट म्याद थप गरी घटनाबारे अनुसन्धान भइरहेको डीएसपी सिंहले जानकारी दिए।
उनका अनुसार घटना सुद्धोधन गाउँपालिका–५ को हतिया धौनी क्षेत्रमा भएको हो। उपाध्यक्षका निकट व्यक्तिहरूले ल्याएको सामान जाँच गर्ने क्रममा सशस्त्र प्रहरी र उपाध्यक्षबीच विवाद सुरु भएको थियो।
त्यसक्रममा ‘यो मेरो गाडी हो, म को हो चिन्दैनस्?’ भन्दै उपाध्यक्ष चौधरीले ड्युटीमा खटिएका जवानमाथि हातपात गरेको आरोप छ।
प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूबारे समेत अनुसन्धान जारी रहेको जनाएको छ।
यस गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरी यसअघि नै सामुहिक बलात्कारको मुद्दामा प्रतिवादी रहेका छन्।
Shares

प्रतिक्रिया