ग्लोबल


इरानले इजरायलमा हान्यो २२औँ क्षेप्यास्त्र (भिडिओ)

इरानले इजरायलमा हान्यो २२औँ क्षेप्यास्त्र (भिडिओ)

नेपालखबर
फागुन २२, २०८२ शुक्रबार १७:४९, काठमाडौँ

इरानले इजरायलविरुद्ध २२औँ क्षेप्यास्त्र प्रहार गरिएको बताएको छ। 

साथै कुवेतमा रहेको अमेरिकी सैन्य अड्डामा पनि आत्मघाती ड्रोन प्रहार गरिएको दाबी इरानले गरेको छ। 

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अपरेसन ट्रु प्रमिस-४ को २२औँ क्षेप्यास्त्रले इजरायलद्वारा कब्जा क्षेत्रको भित्री भागलाई निसाना बनाएको बताएको छ।

खोरमसहर-४, खैबर र फताहजस्ता उन्नत क्षेप्यास्त्र प्रहार गरिएको उसको भनाइ छ। 

यसैबिच इरानी सेनाले आफ्नो स्थल सेनाले कुवेतमा रहेको अमेरिकी सैन्य अड्डामा ठुलो मात्रामा आत्मघाती ड्रोन प्रहार गरेको बताएको छ।

इरानको सरकारी टीभीका अनुसार, अमेरिकी अड्डातर्फ धेरै विनाशकारी ड्रोन पठाइएको छ।

इरानी सेनाले आगामी दिनमा पनि यस्ता आक्रमण जारी रहने बताएको छ।

यसैबिच अमेरिका-इजरायलले पनि सातौँ दिन शुक्रबार पनि इरानविरुद्ध आक्रमण गरेका छन्। 

इरानी सञ्चारमाध्यमका अनुसार उनीहरूले आज इरानको सिराज सहरमा हमला गरेका छन्। 

उक्त आक्रमणमा २० जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।

इरानी अधिकारीहरूका अनुसार आक्रमण सहरको जिबासरस्थित आवासीय क्षेत्रमा गरिएको थियो।

हमलामा धेरैजसो सर्वसाधारण र दुई चिकित्सा कर्मचारीको मृत्यु भएको बताइएको छ। 

यसैबिच इरानी सेनाले लोरेस्तान क्षेत्रमा अमेरिकी एमक्यू-नाइन ड्रोन र इजरायली हर्मेस-९०० ड्रोनलाई गोली हानेर खसालेको छ.

इजरायल र अमेरिकाले सुरुमा गत फेब्रुअरी २८ मा संयुक्त सैन्य हमला गरी इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीसहित शीर्ष नेता तथा अधिकारी मारेयता तीन देशबिच युद्ध जारी छ। 

हमलाको जवाफमा इरानले पनि इजरायल र अमेरिकी अड्डा रहेका खाडी मुलुकहरूमा क्षेप्यास्त्र/ड्रोन प्रहार जारी राखेको छ। 

यसैबिच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी सेनालाई आत्मसमर्पण गर्न आह्वान गर्दै अन्यथा मृत्युका लागि तयार रहन चेतावनी दिएका छन्। 

इजरायल-अमेरिका-इरान युद्धका प्रमुख अपडेट

-इरानमा १,३३२ जना मारिए। 

-खामेनीका छोरालाई उत्तराधिकारी मान्न ट्रम्पद्वारा अस्वीकार।

-हालसम्म इरानमा १४ चिकित्सा केन्द्रहरूलाई लक्ष्य गरी १,३०० आक्रमण। 

-इरानका धेरै स्थानमा पानी र बिजुली आपूर्ति बन्द।

-इजरायलद्वारा ३०० इरानी मिसाइल लन्चर नष्ट। 

-इरानको आक्रमणमा कुवेत, बहराइन र यूएईमा रहेका २० अमेरिकी आधार क्षतिग्रस्त। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad