रुपन्देही जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ।
जिल्लामा सुरक्षा व्यवस्थासहित मतगणना स्थल स्थापना लगायतका काम भएसँगै सम्पूर्ण तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले जानकारी दिए।
बिहीबार हुने निर्वाचन प्रक्रियाअन्तर्गत खटिएका ७३६ मतदान अधिकृत र सोही सङ्ख्यामा सहायक मतदान अधिकृत तथा निर्वाचन सामग्री लिई तोकिएको मतदान केन्द्रमा पुगिसकेको कार्यालयले जनाएको हो। रुपन्देहीमा चार हजार ४०४ कर्मचारी तथा दुई हजार २०३ स्वयम्सेवक परिचालन भएका छन्।

यस्तै, सबै क्षेत्रमा मतगणना स्थलहरु तयार पारिएको बताउँदै उनले तारजाली, सिसिक्यामेरा लगायतका सम्पूर्ण ब्यवस्थापन सकिएको जनाए।
उनले शान्ति सुरक्षाको व्यवस्थासहित आवश्यक पूर्वतयारीको काम पूरा भएको जानकारी दिए।
निर्वाचनका लागि जिल्लाका २१३ मतदान स्थलअन्तर्गत ७३६ मतदान केन्द्रको तयारी पूरा भएको र सुरक्षाको व्यवस्था पनि चुस्त पारिएकाले निर्धक्क भई मतदान गर्न उनले आग्रह गरे।
पाँच निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा कूल छ लाख ७२ हजार ५२३ मतदाता रहेका छन्।

Shares

प्रतिक्रिया