लुम्बिनी


रोल्पामा वर्षमानविरुद्ध विप्लवले उतारे चुडामणिलाई चुनावी मैदानमा

रोल्पामा वर्षमानविरुद्ध विप्लवले उतारे चुडामणिलाई चुनावी मैदानमा

नेपालखबर
माघ ७, २०८२ बुधबार १३:४९, रोल्पा

नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेकपा (माओवादी) बाट पोलिट्ब्युरो सदस्य चुडामणि वली ‘आदर्श’ले एकमात्र निर्वाचन क्षेत्र रहेको रोल्पामा उम्मेदवारी दिएका छन्।

मंगलबार निर्वाचन अधिकृतको कार्यालय लिबाङ रोल्पामा आफ्ना कार्यकर्तासहित गएर उम्मेदवारी दर्ता गरेका हुन्। उम्मेदवारी दर्ता गरेपछि वलीले रोल्पाली जनताले फेरि एकपटक इतिहास रच्ने बेला आएको बताएका छन्। 

विभिन्न कालखण्डमा रोल्पाली जनताले इतिहास रच्ने गरेको बताउदै उनले भने, ‘रोल्पाबाट जितेर गएका नेताहरूले रोल्पालाई फर्केर हेरेनन्, भ्रष्टाचार र सुन तस्करीमा लागे, जनताको जिवनस्तरलाई उठाउने भन्दा पनि आफ्नै निजी जीवन बनाउनतिर लागे।’

उनले पार्टीका महासचिव विप्लवले नै चुनाव लड्न पठाएकाले आफू उम्मेदवारी दिन आएको र चुनाव जितेर संघीय संसदमा गएर भुईमान्छेका कुरा उठाउने दाबी गरेका छन्।

यसअघि विप्लवले ने रोल्पाबाट चुनाव लड्ने घोषणा गरेका थिए, जहाँ नेपाली कम्युनिस्ट पार्टीबाट लगातार जित्दै आएका वर्षमान पुन उम्मेदवार रहेका छन्। तर, अन्तिम समयमा विप्लव चुनाव लड्नबाट पछाडि हटेका थिए।

वलीले आफ्नो सारा जीवन राजनीतिमै बिताएको बताउदै व्यक्तिगत जीवन बनाउने भन्दा पनि देश र जनताकै आवाज उठाइरहेको बताए।

पश्चिम रोल्पाको गंगादेव गाउँपालिका ३ झ्याम घर भएका वली सहिद परिवार पनि हुन। उनका कान्छा भाइ खकेन्द्र माओवादी युद्धको समयमा कपुरकोट रिपिटर टावर आक्रमणमा निधन भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad