भारतस्थित उत्तर प्रदेशको प्रयागराजमा भारतीय वायुसेनाको एक प्रशिक्षार्थी विमान दुर्घटना भएको छ।
घटनाको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार विमान सहरको बिचमा रहेको पोखरीमा खसेको हो।
विमान उडिरहेका बेला अचानक सन्तुलन गुमाएपछि केपी कलेजको पछाडि खसेको हो।
विमान दुर्घटना हुँदा आवाज यति ठूलो थियो कि टाढासम्म सुनिएको थियो। कुनै हताहत भएको खबर छैन।
पाइलटहरू सुरक्षित रहेको र उनीहरूलाई उद्धार गरी अस्पताल भर्ना गरिएको बताइएको छ।
— NBT Hindi News (@NavbharatTimes) January 21, 2026उत्तर प्रदेश के प्रयागराज में एक वायुसेना के ट्रेनी एयरक्राफ्ट के क्रैश होने की खबर सामने आई है। घटना का वीडियो इस समय सोशल मीडिया पर वायरल हो रहा है। घटना को लेकर आई जानकारी के मुताबिक, शहर के बीचों-बीच तालाब में विमान गिरा है। बताया जा रहा है कि एयरक्राफ्ट हवा में उड़ रहा था।… pic.twitter.com/s2ijSliuaQ
Shares

प्रतिक्रिया