उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खहरेको बाढीजस्तै भएको बताएका छन्।
नेपाल पत्रकार महासंघ पाल्पाको आयोजनामा आइतबार तानसेन गरेको पत्रकार भेटघाट कार्यक्रम उनले रास्वपाको राजनीति बर्खामा आउने खहरेको बाढी भएको बताए।
‘एउटा बर्खा नसकिदै खहरेको बाढी सुक्छ, कमिला हिड्न थाल्छ,’ पौडेलले भने। रास्वपा पनि अब हराउँदै जाने दाबी गर्दै उनले विरोधमा रमाएर राजनीति नगर्न सुझाए।
एमाले र कांग्रेस देश र जनताको हितलाई काम गर्ने पार्टी भएको उनले जिकिर गरे। सरकार ढल्छ भनेर सपना नदेख्न भन्दै पौडेलले सरकार सहमति अनुसार नै अगाडि बढेको बताए।
‘मुलुकको सुरक्षित भविष्यका लागि दुई ठूला दल मिलेर सरकार बनाएका हौं,’ उनले भने, ‘यही सरकारले मुलुकको भविष्य बनाउछ। अहिलेको सरकार ढल्नेवाला छैन।’
अस्थिरताको खोजी गर्ने दिन गएको भन्दै अब नेकपा माओवादी केन्द्रले मुलुकलाई अस्थिरतामा लैजानबाट रोकिएको उल्लेख गरे।
दृष्टिकोण, एजेन्डा र गन्तब्य नभएका पार्टीले अस्थिरता निम्त्याउन खोजिरहेको समेत पौडेलले दाबी गरे।
Shares

प्रतिक्रिया