डाइभर्सन बनाएपछि सिस्नेरी-दक्षिणकाली सडकमा गाडी चल्न थालेका छन्।
शनिबार बिहान पहिरो जाँदा अवरुद्ध बनेको हेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरीको सिस्नेरी-दक्षिणकाली-फर्पिङ सडकमा आइतबार बिहानदेखि गाडी चल्न थालेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
इन्द्रसरोवर गाउँपालिका-३ स्थित ज्यामिरेमा ठूलो पहिरो जाँदा शनिबार बिहानदेखि यो सडक अवरुद्ध थियो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार अस्थायी रुपमा डाइभर्सन बनाएर सवारी सञ्चालन सुरु गरिएको छ।
हेटौँडा-काठमाडौँ जोड्ने छोटो दुरीको दक्षिणकाली-फाखेल-कुलेखान सडकमा भने अहिले निर्वाध रुपमा गाडी चलिरहेका छन्।
150
Shares

प्रतिक्रिया