लुम्बिनी


रविको थुनछेक बहस आज पनि सकिएन

रविको थुनछेक बहस आज पनि सकिएन

नेपालखबर
माघ ११, २०८१ शुक्रबार १६:३३, भैरहवा (रूपन्देही)

सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछानेको थुनछेक बहस शुक्रबार पनि सकिएन। बहस नसकिएपछि उनलाई अदालतले परिवारको जिम्मा लगाएको छ।

रुपन्देही जिल्ला अदालत, भैरहवामा आज जाहेरवाला र लामिछाने पक्षका केही कानुन व्यवसायीले बहस गरेका छन्। आज जाहेरवालाका तर्फबाट दुई जना र अभियुक्त रवि लामिछानेका तर्फबाट तीन जना कानुन व्यवसायीले बहस गरेका हुन्।

बुधबार हाजिर भएका रविको त्यस दिन न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बयान मात्र सकिएको थियो। बिहीबार सरकारी वकिलले बहस गरेका थिए।

सरकारी वकिल र पीडित जाहेरवालका वकिलले न्यायाधीश योगीको भूमिकामाथि नै प्रश्न उठाएका थिए। न्यायाधीश योगीले बयान नसकिएपछि रविलाई न्यायिक हिरासतमा नपठाएर सुरुमै हाजिर जमानीमा छाडेको भन्दै उनीहरूले मुद्दाको बाँकी कारबाहीबाट अलग हुनुपर्ने माग राखेका थिए। रविलाई थुनामै राखेर मुद्दाको कारबाही अघि बढाउनुपर्ने माग सरकारी पक्ष र जाहेरवालाको माग छ।

अदालतले रविलाई आइतबार १० बजे पुनः उपस्थित हुन भनेको छ। त्यस दिन उनका पक्षका बाँकी कानुन व्यवसायीले बहस गर्नेछन्। रवि पक्षको बहस सकिएपछि सरकारी वकिल र जाहेरवालका कानुन व्यवसायीले जवाफी बहस गर्नेछन्। त्यसपछि न्यायाधीशले उनलाई थुनामा पठाउने वा बाहिरै बसेर मुद्दाको प्रतिवाद गर्न पाउने भनेर आदेश गर्नेछन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad