लुम्बिनी


सिकलसेल उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वार्ड स्थापना

सिकलसेल उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वार्ड स्थापना

नेपालखबर
मंसिर २, २०८१ आइतबार १९:१९, काठमाडौँ

थारु समुदायको प्रमुख स्वास्थ्य समस्या सिकलसेलको उपचारका लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेग्लै वार्ड स्थापना गरिएको छ। 

आइतबारबाट प्रतिष्ठानमा भर्ना हुनेका लागि १० शय्या र दिवा उपचारका लागि ५ शय्यासहितको वार्ड स्थापना गरिएको प्रतिष्ठानका उपकुलपति विकास लामिछानेले जानकारी दिए। 

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गत कात्तिक २० गते भेरी अस्पताल नेपालगन्जमा बेग्लै वार्ड स्थापनाका लागि मन्त्रीस्तरीय निर्णय गरेका थिए। यसलगत्तै थारुबहुल क्षेत्र दाङको घोराहीमा समेत सिकलसेल उपचारका लागि बेग्लै वार्ड स्थापना गरिएको हो।

यससँगै थारु समुदायमा वंशाणुगत समस्याका रूपमा रहेको सिकलसेल उपचारका लागि उनीहरूको बसोबास रहेका प्रमुख दुवै क्षेत्रमा बेग्लै वार्डमार्फत उपचार सुरु भएको छ। 

मन्त्रालयका अनुसार सिकलसेलबाट समुदायको झण्डै १२ प्रतिशत हिस्सा प्रभावित छ।

मन्त्री पौडेलले सिकलसेलको औषधीसमेत निःशुल्क उपलब्ध गराउने गरी तयारी भइरहेको सार्वजनिक अभिव्यक्ति दिएका थिए।

विपन्न समुदायका नागरिक धेरै प्रभावित भएको सिकलसेलका लागि औषधी नै उपलब्ध गराउने योजनाअन्तर्गत काम भइरहेको उनले बताएका थिए। 

हाल लक्षणका आधारमा सिकलसेलको उपचार हुँदै आइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad