समाज


अन्तर्राष्ट्रिय कलारत्न सम्मानद्वारा चित्रकार अजय देशार सम्मानित

अन्तर्राष्ट्रिय कलारत्न सम्मानद्वारा चित्रकार अजय देशार सम्मानित

नेपालखबर
मंसिर २, २०८१ आइतबार १९:२३, राजस्थान, भारत

भारतको राजस्थानमा १८ औं अन्तर्राष्ट्रिय कलापर्वमा नेपालका चित्रकार अजय देशार सम्मानित भएका छन्। अन्तरंग कला एवं एजुकेसन वेलफेयर सोसाइटी तथा राजस्थान ललितकला एकेडेमीद्वारा राजस्थानको टोंकमा आयोजित उक्त कलापर्वमा चित्रकार देशारलाई अन्तर्राष्ट्रिय कलारत्न सम्मानद्वारा सम्मानित गरिएको हो।

गत कार्तिक ३० देखि मंसिर २ गतेसम्म आयोजना गरिएको उक्त कलापर्वमा कला कार्यशाला, चित्रकला प्रतियोगिता, चित्रकला प्रदर्शनी, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय चित्रकार सम्मान आदि विभिन्न कार्यक्रमहरूको आयोजना गरिएको थियो।

कार्यक्रममा नेपालका ९ सहित २०० भन्दा बढी चित्रकारहरू सहभागी थिए।  

कार्यक्रममा देशारसहित ४ अन्तर्राष्ट्रिय तथा २० राष्ट्रिय चित्रकारहरूलाई कलारत्न सम्मान गरिएको थियो।

नेपालबाट सहभागी भएका चित्रकारहरूमा योङ पिकासोका निर्देशक अजय देशार, छ्वाली चित्रकार राजेश महर्जनसहित चित्रकारहरु बालकिशोर चौधरी, प्रिन्स महर्जन, नरबहादुर वि.क, सुनैना ठाकुर, दोर्जे गुरुङ लामा, निदेश श्रेष्ठ र चित्रबहादुर बुढा मगरको सहभागिता रहेको छ।

सम्मानपश्चात् कार्यक्रममा सम्बोधन गर्दै योङ पिकासोका निर्देशक अजय देशारले माथिल्लो पुस्ताका चित्रकार र नयाँ पुस्ताका चित्रकारका बीच बढ्दै गएको खाडल पुर्नुपर्ने आवश्यकता रहेको बताए। उनले पुस्तान्तरणमा कलाको हस्तान्तरणसँगै माथिल्लो पुस्ताको साथ बढाउनुपर्नेमा जोड दिए।

कलापर्वमा भारतका विभिन्न प्रान्तहरु जस्तैः गुजरातका १८, पञ्जावका १० सहित विभिन्न राज्यबाट आएका १०० जना भन्दा युवा चित्रकारहरुले चित्रकला प्रतियोगिता भाग लिएका थिए।

प्रतियोगिता भाग लिएका उत्कृष्टहरुलाई पुरस्कृतसमेत गरिएको थियो। कार्यक्रममा रसियाबाट १३ जनाले भर्चुअल रुपमा सहभागिता जनाएका थिए

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad