लुम्बिनी


लुम्बिनीका नवनियुक्त ३ मन्त्रीले खाए शपथ

लुम्बिनीका नवनियुक्त ३ मन्त्रीले खाए शपथ

शपथ समारोह


नेपालखबर
कात्तिक ८, २०८१ बिहिबार १०:३६, काठमाडौँ

लुम्बिनी प्रदेशका नवनियुक्त ३ मन्त्रीले आज (बिहीबार) बिहान पद तथा गोपनीयताको शपथ खाएका छन्। 

मुख्यमन्त्री चेतनारायण आचार्यले बुधबार नेपाली कांग्रेसका तर्फबाट बर्दियाका जन्मजय तिमिल्सिना र पश्चिम नवलपरासीका देवकरण कलवार तथा जनता समाजवादी पार्टिबाट बाँकेका आदेशकुमार अग्रवाललाई मन्त्री पदमा नियुक्त गरेका थिए।

आज तिमिल्सिनाले सामाजिक विकास, कलवारले वन तथा वातावरण र अग्रवालले आन्तरिक मामिला तथा कानुन मन्त्रीको शपथ खाएका हुन्। उनीहरूलाई आज बिहान प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले शपथ खुवाएका हुन्। 

नेपाली कांग्रेस र नेकपा एमालेका ५६ सांसदको समर्थनमा गत साउन ७ गते एमाले प्रदेश संसदीय दलका नेता चेतनारायण आचार्य मुख्यमन्त्री नियुक्त भएका थिए ।

१२ मन्त्रालय रहेको लुम्बिनीमा ३ मन्त्री थपिएसँगै मन्त्रिमण्डल ११ सदस्यीय बनेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad