लुम्बिनी


अर्घाखाँचीको धारापानीमा भीषण आगलागी, २० घरगोठ जले

अर्घाखाँचीको धारापानीमा भीषण आगलागी, २० घरगोठ जले

नेपालखबर
बैशाख ८, २०८१ शनिबार २२:२०, अर्घाखाँची

भूमिकास्थान नगरपालिका वडा नं ३ र ४ धारापानीमा भीषण आगलागीका भएको छ। वनमा लागेको आगो हावाहुरीका कारण दिउँसो १ बजेतिर बस्तीमा सल्किएको थियो। 

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका धारापानीको रातामाटा, जाबुनडाँडा, बाजाखर्कलगायतका गाउँमा भएको भीषण आगलागीबाट झण्डै २०  घरगोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी दीपेन्द्र रावलले बताए। 

भीषण आगोले गाउँ नै सखाप भएको बाजाखर्कका स्थानीय हरिप्रसाद भुसालले बताए। 

मानवीय क्षति नभए पनि पशुचौपाया मरेको, घरगोठ जलेको स्थानीय टेकराज भुसालले बताए। क्षतिको यकिन विवरण आउन नसकेको प्रहरीको भनाइ छ। पाणिनी गाउँपालिका–३ खुलैलेमा तीन घरगोठ जलेर नष्ट भएका छन्। 

आगलागीबाट शोभाखर बन्जाडेको गोठ, रेशम परियारको घर र गोठ, वसन्त मल्ल ठकुरीको घर गोठ, विष्णु जिएम खोकाको पसल जलेका छन्।

साथै गङ्गाबहादुर र दुर्गा विकको थोरे घर, पूर्णप्रसाद भुसालको गोठ र बाइक, भुपलाल भुसालको गोठ र भैसी जलेका छन्।

प्रहरीका अनुसार झबिवाल भुसाल, खिमप्रसाद भुसाल, तिलक भुसाल, ईश्वरी भुसाल काशीराम भुसालको घर जलेको छ भने गङ्गा भुसालको गोठ, रामजी भुसालको घर र थारो, कृष्ण ओलीको घर, थारो र भैसी, दोलप्रसाद भुसाल र पिताम्बर भुसालको थारो जलेको प्रहरीको भनाइ छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .