लुम्बिनी


लुम्बिनीका नवनियुक्त मन्त्रीले लिए शपथ

लुम्बिनीका नवनियुक्त मन्त्रीले लिए शपथ

नेपालखबर
माघ २९, २०७९ आइतबार १५:५०, देउखुरी

लुम्बिनी प्रदेश सरकारका नवनियुक्त ७ जना मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। 

देउखुरीमा प्रदेश प्रमुख अमिक शेरचनले नेकपा एमालेका ३ जना, माओवादी केन्द्रका २ जना तथा राप्रपा र जनमत पार्टीबाट एक–एक जना मन्त्रीलाई शपथ ग्रहण गराएका हुन्। 

आर्थिक मामिलामन्त्री जोखबहादुर महरा, भैतिक पूर्वाधार विकासमन्त्री इन्द्रजित थारु, स्वास्थ्य मन्त्री विष्णुप्रसाद पन्थी, वन तथा वातावरणमन्त्री दुर्गाप्रसाद चौधरी, उद्योग,पर्यटन तथा यातायात व्यवस्था मन्त्री जानकीप्रसाद यादव, कृषि तथा भूमि व्यवस्था मन्त्री तुलसीराम शर्मा र सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले प्रदेश प्रमुखबाट शपथ लिएका हुन्। 

प्रदेश सभा परिसरमा दिउसो १ बजे सपथ गराउने तय भएपनि हावा हुरीले मञ्च तथा टेन्ट भत्काइदिएको थियो। दुई घण्टा ढिला गरि हलमा सपथग्रहण भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .