सुर्खेत बसपार्कमा बसले एक जना महिलालाई ठक्कर दिँदा मृत्यु भएको छ। मृत्यु हुने महिलाको नाम भने खुलेको छैन।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक लक्ष्मण शाहीका अनुसार घटना साढे २ बजेतिरको हो। मृत्य भएकी महिला अन्दाजी ६२ वर्ष जतिकी छन्।
बा ४ ख ८०६१ नम्बरको बस बुलुबुले चोकबाट बसपार्क आउँदै थियो। मृतक महिला जेब्राक्रसमा बाटो काटिरहेकै अवस्थामा बसले ठक्कर दिएको डीएसपी शाहीले बताए।
उक्त बसका चालक अहिले फरार रहेको छन् भने बस नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। फरार चालकको खोजीकार्य भइरहेको उनले बताए।
396
Shares

प्रतिक्रिया