लुम्बिनी


राष्ट्रिय सभा उपनिर्वाचनका लागि एमाले, कांग्रेस र नागरिक उन्मुक्तिको उम्मेदवारी

राष्ट्रिय सभा उपनिर्वाचनका लागि एमाले, कांग्रेस र नागरिक उन्मुक्तिको उम्मेदवारी

नेपालखबर
माघ ११ , बुटवल

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको लागि नेकपा (एमाले) र नेपाली कांग्रेससँगै नागरिक उन्मुक्ति पार्टीका तर्फबाट पनि उम्मेदवारी दर्ता भएको छ। 

एमालेका तर्फबाट रोल्पाका कुमार दसौदीले मनोनयन दर्ता गरेका छन्। 

रोल्पाका दसौदीको प्रस्तावकमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेल र समर्थकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेशसभा सदस्य मिनाकुमारी श्रेष्ठ समर्थक रहेका छन्। 

यस्तै, कांग्रेसबाट रोल्पाकै माधवप्रसाद आचार्यले मनोनयन दर्ता गरेका छन्। आचार्यको प्रस्तावकमा दाङको बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसी र समर्थकमा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी रहेका छन्।

यस्तै, नागरिक उन्मुक्तिका तर्फबाट राजेन्द्रवीर रायले उम्मेदवारी दिएका हुन्। रायको प्रस्तावकमा प्रदेश सभा सदस्य राजकुमार चौधरी र समर्थकमा अर्का प्रदेश सभा सदस्य धर्मबहादुर चौधरी छन्।

उम्मेदवारी दर्ताका लागि नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ पनि प्रदेश निर्वाचन कार्यालय दाङमा आएकी थिइन्।

एमालेबाट राष्ट्रियसभा सदस्य भएका रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त पदमा उपनिर्वाचन हुन थालेको हो। उपनिर्वाचन अन्तर्गत माघको २५ गते घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान हुनेछ।

माघ ११, २०७९, बुधबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors.