नेकपा एमालेबाट कर्णाली प्रदेशमा जितबहादुर मल्ल र टेकराज पछाई मन्त्री बन्ने भएका छन्।
एमाले प्रदेश संसदीय दलको बैठकले मुगुका मल्ल र जुम्लाका पछाईको नाम मन्त्रीका लागि सिफारिस गरेको हो।
स्रोतका अनुसार मल्ल उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय र पछाईलाई सामाजिक विकास मन्त्रालय दिने सहमति भएको छ।
मल्ल मुगु प्रदेश सभा (१) र पछाई जुम्ला प्रदेश सभा (२)बाट निर्वाचित भएका थिए।
माघ ११, २०७९, बुधबार
प्रतिक्रिया