ad ad

लुम्बिनी


लुम्बिनी बौद्ध र भारतको सिद्धार्थ विश्वविद्यालयबीच सहकार्य सम्झौता

लुम्बिनी बौद्ध र भारतको सिद्धार्थ विश्वविद्यालयबीच सहकार्य सम्झौता

नेपालखबर
माघ १०, २०७९ मंगलबार ८:४७, बुटवल

लुम्बिनी बौद्ध विश्वविद्यालय र भारतको सिद्धार्थ विश्वविद्यालयबीच सहकार्य सम्झौता भएको छ। सोमबार लुम्बिनीमा आयोजित एक कार्यक्रमका बीच दुई विश्वविद्यालयबीच सम्झौता भएको हो। 

सहमतिपत्रमा लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिस्ट्रार डा‍. तिलकराम आचार्य र सिद्धार्थ विश्वविद्यालयका रजिस्ट्रार डा. अमेन्द्रकुमार सिंहले हस्ताक्षर गरेका थिए। शैक्षिक तथा अनुसन्धान कार्यमा सहकार्य गर्ने, पाली तथा संस्कृत भाषाको अध्ययन अनुसन्धान तथा शिक्षक विद्यार्थी आदानप्रदान गर्ने सहकार्यको उद्देश्य रहेको बौद्ध विश्वविद्यालयले जनाएको छ। 

सो अवसरमा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. हृदयरत्न बज्राचार्यले दुई विश्वविद्यालयको सहकार्यले प्राज्ञिक विकासमा महत्त्वपूर्ण टेवा पुग्ने बताए। 

सिद्धार्थ विश्वविद्यालयका उपकुलपति हरिबहादुर श्रीवास्तवले विश्वविद्यालयबीचको अनुभव आदानप्रदानले प्राज्ञिक विकासमा महत्त्वपूर्ण टेवा पुग्नाका साथै दुई देशबीचको सम्बन्ध पनि बलियो बन्दै जाने बताए। 

बौद्ध विश्वविद्यालयका रजिस्ट्रार डा. तिलकराम आचार्यले बौद्ध दर्शन, पुरातत्व क्षेत्रको अध्ययन अनुसन्धानमा केन्द्रित र बौद्ध विश्वविद्यालयले प्राज्ञिक कार्य गरिरहेको बताउँदै अध्ययन/अनुसन्धानलाई सहकार्यमा अघि बढाउन सकिने बताए। 

सिद्धार्थ विश्वविद्यालयका रजिस्ट्रार डा. अमेन्द्रकुमार सिंहले बौद्ध विश्वविद्यालय र सिद्धार्थ विश्वविद्यालयको सहकार्यले दुई देशलाई अझ बलियो रुपमा जोड्न सकेको बताए। 

सिद्धार्थ विश्वविद्यालयबाट उकुलपति श्रीवास्तवको नेतृत्वमा रजिस्ट्रार सिंह, डिन प्रा. हरिशकुमार शर्मा, प्रा. शुशिल तिवारी, डा. निता यादव, डा. अभिनाष प्रताव सिंह, प्रा. मञ्जु द्विवेदीसहितको टोली लुम्बिनी बौद्ध विश्वविद्यालयमा आएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .