ad ad

कर्णाली


हिउँले ढाक्यो कर्णालीका हिमाली जिल्ला (तस्बिरहरू)

हिउँले ढाक्यो कर्णालीका हिमाली जिल्ला (तस्बिरहरू)

दिनेश बुढा
माघ १०, २०७९ मंगलबार ८:५२, सुर्खेत

कर्णाली प्रदेशका हिमाली जिल्लामा हिमपात भएको छ। हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालिकोटमा सोमबार (९ माघ) रातिदेखि नै हिमपात भएको हो। 

हिमपातका कारण अत्यधिक चिसो बढेपछि सर्वसाधारणलाई कष्टकर भएको छ। यसअघि हुम्लाको सिमकोटमा गत ६ माघमा पनि अत्यधिक हिउँ परेको थियो। 

अन्य जिल्लामा गएरातिदेखि अहिले पनि पानी परिरहेको छ। अहिले हुम्ला सिमिकोटको तापक्रम ३ डिग्रि सेल्सियस छ।

बाक्लो हिउँका कारण आवतजावतमा समस्या भएको स्थानीयवासीले बताएका छन्। हिमपात हुँदा कोदो, चिनु, फापरलगायत कात्तिके बाली सप्रिने आशामा हुम्लाका किसान छन्।

चिसो बढेसँगै सरकारी तथा गैरसरकारी कार्यालयबाट सेवा लिन समेत समस्या भएको छ।

तस्बिरहरूः

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .