ad ad

लुम्बिनी


प्रशासनले बन्द गरायो भैरहवहाको ‘जेल रेष्टुरेण्ट’

प्रशासनले बन्द गरायो भैरहवहाको ‘जेल रेष्टुरेण्ट’

नेपालखबर
माघ १०, २०७९ मंगलबार ७:१९, काठमाडौँ

भैरहवाको देवकोटा चोकमा रहेको ‘जेल रेष्टुरेण्ट’ प्रशासनले बन्द गराएको छ। सो रेस्टुरेण्टमा सोमबार जिल्ला प्रशासन कार्यालयले छापा मारेको थियो।

सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालका अनुसार आत्महत्या गर्न प्रोत्साहन गर्ने खालको क्रियाकलाप गरेको पाइएपछि उक्त रेष्टुरेण्ट बन्द गराइएको हो।

त्यहाँ रहेको हत्कडी, बन्दुक जस्तो देखिने एयरगन र आत्महत्या गर्न प्रोत्साहन गर्ने फासी लगाउन प्रयोग गरिने पासो प्रशासनले जफत गरेको र सो रेष्टुरेण्ट बन्द गराइएको उनले बताए।

जेल रेष्टुरेण्टमा आउने ग्राहकलाई लक्षित गरी रेष्टुरेण्टको कोठा जेलको आकारमा बनाएको, हत्कडी लगाउने र आत्महत्या गर्न प्रोत्साहन गर्ने खालको क्रियाकलाप गरेको पाइएकाले रेष्टुरेण्ट बन्द गराएको हो।

फरक प्रकृतिको देखिने भएको कारण पछिल्लो समय सो रेष्टुरेण्ट चर्चित भएको थियो।

सहायक प्रजिअ अर्यालले रेष्टुरेण्ट बन्द गर्न लगाइ भोलि जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राख्न आदेश दिएको बताए। उनले यसबारे आवश्यक अनुसन्धान गरी प्रचलित कानुन अनुसार कारबाही गर्ने जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .