लुम्बिनी


कांग्रेस लुम्बिनीको ठहर : अहिलेको परिस्थिति आउनुमा नेतृत्वको कमजोरी

कांग्रेस लुम्बिनीको ठहर : अहिलेको परिस्थिति आउनुमा नेतृत्वको कमजोरी

नेपालखबर
पुस ११, २०७९ सोमबार १७:४, काठमाडौँ

नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्य सम्पादन समितिले देशमा अहिलेको परिस्थिती आउनुमा आफ्नै पार्टी नेतृत्वको कमजोरी रहेको ठहर गरेको छ। 

प्रदेश सभापति अमरसिंह पुनको सभापतित्वमा सोमबार बुटवलमा बसेको बैठकले देशको पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा गहन छलफल गरेको कांग्रेस लुम्बिनीले जनाएको छ।

कांग्रेस नेतृत्वको अदुरदर्शिताका कारण पार्टी राष्ट्रको बागडोर समाल्ने अवसरबाट बन्चित भएको कांग्रेस लुम्बिनीको ठहर छ। प्रदेश सभापति पुनले जनताको दिएको म्यान्डेट र भावना बमोजिम अहिले नेतृत्व चल्न नसकेको बताए। 

उनले अहिलेको सरकार जनादेश विपरित बनेको र यसले नागरिकको आकांक्षा पुरा गर्न नसक्ने पनि दाबी गरेका छन्। बैठकले पार्टी सहमहामन्त्री विष्णु मुस्कान संयोजक रहने गरि महेन्द्र पाण्डे र रिना नेपाल सदस्य रहेको तीन संसदीय दलको विधान निर्माण उपसमिति बनाएको छ।

प्रदेश संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचनका लागि सहमहामन्त्री खगराज पाण्डेको नेतृत्वमा विष्णु कुमारी सापकोटा र देवनारायण चौधरी सदस्य रहेको उपसमिति पनि निर्माण गरेको छ। संसदीय दलको निर्वाचन शपथ ग्रहण लगतै तय हुने लुम्बिनी कांग्रेसले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .