नेपाली सेनाले घडेरी खन्ने क्रममा पाल्पामा ठूलो संख्यामा तोपका गोला फेला परेको छ।
तानसेन नगरपालिका ४ गोलाखानामा घडेरी खन्ने क्रममा ३ सय भन्दा बढीको संख्यामा गोला फेला परेको पाल्पाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्र थापाले बताए।
गोला भेटिने क्रम अझै जारी रहेको उनले बताए।
सेनाले आफ्नो जग्गामा गेस्टहाउस निर्माणका लागि घडेरी खनिरहेको छ। नेपाली सेनाले धेरै वर्ष पहिला जमिनमुनि ति गोला पुरेको हुनसक्ने अनुमान गरिएको छ।
अहिले ती गोला तानसेनस्थित सेनाको गणमा राखिएको छ। फेला परेका गोला के कसरी रहन गयो भन्नेबारे अनुसन्धान भइरहेको डीएसपी थापाको भनाइ छ।
321
Shares

प्रतिक्रिया