लुम्बिनी


प्युठान पहिरो अपडेट : तीन शव निकालियो, तीनजना अझै बेपत्ता

प्युठान पहिरो अपडेट : तीन शव निकालियो, तीनजना अझै बेपत्ता

प्रतिकात्मक तस्बिर


नेपालखबर
असोज २२, २०७९ शनिबार १७:६, काठमाडौँ

प्युठानमा शुक्रबार पहिरोमा पुरिएर बेपत्ता भएका तीन जनाको शव आज निकालिएको छ। तीन जना अझै बेपत्ता छन्। 

प्युठानको माण्डवी गाउँपालिका–४ फरिन्डेमा स्थानीय बमबहादुर राहु मगरको घर पहिरोमा पुरिएको थियो। जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता एवम् प्रहरी निरीक्षक सुशिल थापा मगरका अनुसार पहिरोमा पुरिएकी ५५ वर्षीया थमा बुढामगर, १८ वर्षीया मौसमी थापा र २१ वर्षीया टेकी राहु मगरको शव पहिरोबाट निकालिएको हो। प्रहरीले स्थानीयको सहयोगमा शव निकालेको हो। 

उक्त पहिरोमा परी ६० वर्षीय बमबहादुर राहु मगर, ४ वर्षीय सुसान्त राहु मगर र ६० वर्षीय हीराबहादुर थापा मगर अझै बेपत्ता छन्। उनीहरूको खोजी भइरहेको छ। प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल र प्रहरी नायव उपरीक्षक सुवास खड्कासहितको टोली दुई दिनदेखि घट्नास्थलमै रहेको प्रवक्ता थापा मगरले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad