गण्डकी


एकै परिवारका तीन जना मृत फेला

एकै परिवारका तीन जना मृत फेला

प्रतिकात्मक तस्बिर


गोरखा
असोज २२, २०७९ शनिबार १७:५९, दीपक श्रेष्ठ

गोरखामा रुखमा झुण्डिएको अवस्थामा एकै परिवारका तीन जनाको शव फेला परेको छ।

भीमसेन थापा गाउँपालिका वडा नम्बर ६ स्थित मेरियाटोलका ३४ वर्षका हेमबहादुर राना र उनका जुम्ल्याहा छोराको शव झुण्डिएको अवस्थामा आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए।

‘सात वर्षका दुई बालकको काप्राको रुखमा झुण्डिएको अवस्था फेला परेको छ’, उनले भने, ‘बुबा हेमबहादुरको शव अर्कै रुखमा भेटिएको छ।’ 

घटनाको प्रकृति हेर्दा रानाले दुई छोरालाई रुखमा झुण्ड्याएर हत्या गरी आफूले आत्माहत्या गरेको हुनसक्ने अनुमान गरिएको उनको भनाइ छ।

घरबाट झण्डै डेढ किलोमिटर पश्चिम–दक्षिणमा छोराहरूको शव एउटै डोरीमा झुण्डिएको अवस्थामा फेला परेको उनले बताए। हेमबहादुरको शव भने बालकहरू झुण्डिएको रुखभन्दा केही पर अर्को रुखमा फेला परेको प्रहरीले छ। 

घटनास्थलमा अहिले प्रहरीको टोली पुगेर अनुसन्धान सुरु गरेको उनले बताए। 

‘घटना कसरी घट्यो भनेर खुल्न बाँकी नै छ’, उनले भने, ‘शवको मुचुल्का उठाउनका लागि प्रहरीको टोली घटनास्थलमा पुगिसकेको छ, तिनै जनाको शव पोस्टमार्टमका लागि शव गोरखा अस्पतालमा ल्याउने तयारी भइरहेको छ।’

बिहान स्थानीयले रुखमा मान्छे भुण्डिएको देखेपछि घटनाका बारेमा जानकारी पाएको वडाध्यक्ष रन्जन रिमालले जानकारी दिए। मृतक राना डेढ महिनाअघि मात्र श्रीमतीसँग सम्बन्ध विच्छेद गरेर बसेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad