लुम्बिनी


अदालतको झ्यालबाट भागे अभियुक्त

अदालतको झ्यालबाट भागे अभियुक्त

नेपालखबर
भदौ २३, २०७९ बिहिबार २०:७, बुटवल

दाङमा म्याद थप्न लगिएका एक अभियुक्त अदालतबाटै फरार भएका छन्।

सुन चोरीको अभियोगमा पक्राउ परेका घोराही उपमहानगरपालिका वडा नं. १७ का २२ वर्षीय लक्ष्मण विश्वकर्मालाई प्रहरीले म्याद थप्न जिल्ला अदालतमा लगेको थियो। 

बिहीवार साँझ ५ बजे अदालत परिसरबाटै उनी भागेका हुन्। सुन चोरी अभियोगमा बुधबार पक्राउ परेका विश्वकर्मालाई आज अदालत लगिएको थियो। 

उनलाई न्यायाधीश समक्ष पेश गर्ने क्रममा शौचालय गएका थिए। त्यही क्रममा उनी शौचालयको झ्यालबाट भागेको दाङका प्रहरी प्रवक्ता डीएसपी राजन गौतमले बताए। 

उनी शौचालयको झ्यालबाट निस्किएर अदालतको पर्खाल नाघेर फरार भएका थिए। विश्वकर्माको खोजी भइरहेको डीएसपी गौतमले बताए।

‘शौचालय जान्छु भनेर गयो। २ तला माथि शौचालयमा गएर पछाडिको सिसाको झ्याल खोलेर हाम फालेछ। एक जना प्रहरी साथमा थिए। उ ज्यानको माया मारेर हाम फालेको, प्रहरी भर्‍याङबाट झर्दै गर्दा उ भागिहाल्यो’ डीएसपीले गौतमले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad