नेकपा माओवादी केन्द्र गुल्मीका संयोजक बुद्धि जिसीले आगामी निर्वाचनमा नेकपा माओवादी केन्द्र २०६४ को अवस्थामा फर्कने दाबी गरेका छन्।
अखिल क्रान्तिकारी बुटवल बहुमुखी क्याम्पसका पदाधिकारीसँगको अन्तरक्रियामा संयोजक जिसीले माओवादी केन्द्रसँग अन्य धेरै दलको एकता तयारी भइरहेकाले चुनावमा २०६४ सालको जस्तै उत्साहजनक अवस्था आउने दाबी गरेका हुन्।
‘एकातिर धेरै पार्टीबीच एकताको तयारी, अर्को गठबन्धन त्यसमाथि एमालेबाट हाम्रो पार्टीमा प्रवेशको लहर छ’, उनले भने, ‘यो लहरले हाम्रो पार्टीको २०६४ को निर्वाचन जस्तै उत्साहजनक अवस्था आउँछ।’ कार्यक्रममा बुटवल बहुमुखु क्याम्पसका विद्यार्थी नेताहरूले जिसीलाई लोकप्रिय व्यक्ति भएकाले चुनावमा उम्मेदवार बन्न सुझाव दिएका थिए।
संयोजक जिसीले विद्यार्थी नेताहरूको सुझाव सकारात्मक भए पनि पार्टीले जसलाई उम्मेदवार बनाउँछ, उसैलाई जिताउनेगरी लाग्न आह्वान गरे।
गुल्मीमा मात्र नभई माओवादी केन्द्र देशमै ठूलो पार्टी बन्ने समेत उनको दाबी छ।
‘पार्टी अध्यक्ष प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन लगायतका नेताहरूले प्रदेश समन्वय परिषदको बैठकमा दिएको प्रशिक्षणअनुसार माओवादी केन्द्र देशको दोस्रो र वामपन्थीको पहिलो पार्टी बन्ने भन्ने निश्चित छ’, उनले भने, ‘हामी हाम्रो जिल्लामा सोहीअनुसारको तयारी गरिरहेका छौँ।’
Shares

प्रतिक्रिया