ad ad

लुम्बिनी


बाढीले बगाउँदा श्रीमतीको मृत्यु, श्रीमान बेपत्ता

बाढीले बगाउँदा श्रीमतीको मृत्यु, श्रीमान बेपत्ता

सांकेतिक तस्बिर


नेपालखबर
साउन १७, २०७९ मंगलबार १५:१४, बुटवल

कपिलवस्तुमा दम्पत्तिलाई बाढीले बगाएको छ। जिल्लाको वाणगंगा नगरपालिका वडा नम्बर ९ वर्गदामा कोइली नदीले बगाउँदा श्रीमतीको मृत्यु भएको छ। श्रीमान अझै बेपत्ता भएका छन्।  

खोला तर्ने क्रममा वाणगंगा ७ निवासी ३६ वर्षीय दिलकुमार सुनार, उनकी श्रीमती २६ वर्षीया राममाया सुनार र १२ वर्षीय छोरा निरज सुनारलाई खोलाले बगाएको थियो। निरजको तत्काल सकुशल उद्धार भएको थियो। दुई जनालाई बगाएको थियो। 

श्रीमती राममाया सुनारको शव बगेको ठाउँभन्दा एक किलोमिटर तल भेटिएको छ। दिलकुमार अझै बेपत्ता भएको कपिलवस्तुका प्रहरी प्रवक्ता डीएसपी जेसी शाहले बताए। दिलकुमारको खोजीकार्य भइरहेको उनले जानकारी दिए। 

विहानै घरबाट जंगलमा निगुरो टिप्न गएकोमा फर्केर आउँदा नदीले उनीहरुलाई बगाएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .