साहित्य


एनआरएनए इजरायलले खुला वक्तृत्वकला प्रतियोगिता गर्ने  ​

एनआरएनए इजरायलले खुला वक्तृत्वकला प्रतियोगिता गर्ने   ​

नेपालखबर
मंसिर ५, २०८१ बुधबार १७:१८, काठमाडौँ

 गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्, इजरायलले खुला वक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ।

आगामी डिसेम्बर १४ (मंसिर २९) का दिन समृद्ध नेपाल निर्माणमा गैरआवासीय नेपालीको भूमिका मूल विषय रहेको प्रतियोगिता दुई उमेर समूहमा गर्न लागिएको हो।

एनआरएनए इजरायलका अनुसार, १८ वर्षमुनि र १९ देखि ४० वर्ष सम्मकालाई अलगअलग समूह बनाई गरिन लागिएको प्रतियोगिताका लागि दुई शीर्षकमध्ये कुनै एकमा आफ्नो वाकपटुता सिद्ध गर्नुपर्नेछ। 

‘समृद्ध नेपाल, गैरआवासीय नेपालीहरूको भूमिका’ वा ‘गैरआवासीय नेपालीहरूको साझा अभियान, वैदेशिक सिकाइ र लगानी, हाम्रो स्वाभिमान’ विषयमा प्रतियोगिता गर्न लागिउको आयोजक समितिका तर्फबाट केन्द्रीय सदस्य ज्योति शर्माले जानकारी दिइन्। 

 उनका अनुसार, प्रथम हुनेलाई २ लाख, द्वितीयलाई १ लाख र तृतीयलाई ५० हजार नेपाली रुपैयाँ तथा सम्मानपत्र प्रदान गरिनेछ। 

विश्वभर रहेको नेपाली समुदायका विभिन्न पुस्तालाई नेपालसँग जोड्ने र अभिव्यक्ति कला प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको शर्माको भनाइ छ।

दुवै उमेर समूहका गरी ५० जना वक्ताले प्रतियोगितामा भाग लिने अनुमान गरिएको महासचिव अली मोहम्मद मियाले बताए।  

भर्चुअल माध्यमबाट हुने उक्त कार्यक्रममा हालसम्म २० जना सहभागीले नाम दर्ता गराइसकेको र आवेदनको अन्तिम मिति डिसेम्बर ७ (मंसिर २२) सम्म रहेको आयोजकको भनाइ छ।

इजरायललगायत विश्वभर वैदेशिक रोजगार, अध्ययन, व्यवसाय वा अन्य सिलसिलामा बसोबास गर्ने जोकोही नेपालीले कार्यक्रममा सहभागी भई आफ्नो प्रतिभा प्रदर्शन गर्न संघले अनुरोध गरेको छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad