साहित्य


पाक पुस्तक ‘द मिस्टिक किचेन्स अफ नेपाल’ सार्वजनिक

पाक पुस्तक ‘द मिस्टिक किचेन्स अफ नेपाल’ सार्वजनिक

नेपालखबर
कात्तिक २३, २०८१ शुक्रबार १८:५, काठमाडौँ

प्रसिद्ध पाकविज्ञ तथा प्रशिक्षक शेफ विक्रम वैद्यद्वारा लिखित पाक पुस्तक (कुकबुक) द मिस्टिक किचेन्स अफ नेपाल सार्वजनिक गरिएको छ। 

शुक्रबार एक कार्यक्रमबीच उक्त पुस्तकको विमोचन गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बृहत् पुस्तकमार्फत नेपाली खाना संस्कृति र परिकारलाई अन्तर्राष्ट्रिय जगत्मा प्रवर्द्धन गर्न योगदान पुग्ने विश्वास व्यक्त गरे। 

खाना जीवन धान्नका लागि मात्र नभई जनताको स्वास्थ्य, संस्कृति र परम्परासँग घनिष्ट रूपमा जोडिएको उल्लेख गर्नुहुँदै समृद्ध नेपाली खाद्य संस्कृतिको संरक्षणका लागि पुस्तक निकै महत्त्वपूर्ण हुने धारणा राखे। 

‘पुस्तकले देशमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न र शेफ पेसालाई मर्यादित बनाउनका लागि पनि महत्वपूर्ण भूमिका निभाउन सक्छ। यसका लागि लेख शाक्यको प्रशंसाको पात्र हुनुहुन्छ’, मन्त्री पौडेलले भने।
 

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले पाक संस्कृति पर्यटनको महत्वपूर्ण आयम भएकाले यस पुस्तकले नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताए।

पुस्तकका लेखक वैद्यले आफूले २० वर्षभन्दा लामो समयदेखि यस क्षेत्रमा गरेको गहन अध्ययन, अनुसन्धान र अभ्यासको परिणाम यो पुस्तक भएको बताए। 

अङ्ग्रेजी भाषामा लेखिएको वैद्यको यो पुस्तक अमेरिकामा यसअघि नै विमोचन भई बिक्री वितरण भइरहेको छ। पुस्तक प्रतिष्ठित जेम्स ब्रेड अवार्डमा प्रतिस्पर्धाका लागि स्वीकृत भएको पनि उनले जानकारी दिए।  

यस पुस्तकमा व्यञ्जनको सांस्कृतिक र ऐतिहासिक महत्वबारे संक्षिप्त टिप्पणीसहित एक सय ४० भन्दा बढी मौलिक नेपाली ‘रेसिपी’ समावेश गरिएका छन्। 
 
काठमाडौँको भीडभाड सडकदेखि हिमालको शान्त फेद र तराईका समतल फाँटसम्म फैलिएको नेपालको समृद्ध पाक संस्कृतिलाई प्रवर्द्धन गर्ने जीवन्त स्वादको एउटा सङ्ग्रहको रूपमा यो पुस्तक प्रकाशित भएको वैद्यको भनाइ थियो।   

पुस्तकमार्फत वैद्यले प्रसिद्ध नेपाली शास्त्रीय व्यञ्जन र विभिन्न जातीय समुदायमा लुकेर रहेका विभिन्न परिकार र तिनीहरूरुको संस्कृतिक तथा ऐतिहासिक पक्षलाई संग्रहित गरिएको छ।

शेफ वैद्यले संयुक्त राज्य अमेरिकाको ‘ले कोर्डन ब्लु’ र ‘ओरेगन कुलिनरी इन्स्टिच्युट’जस्ता प्रख्यात शैक्षिक संस्थामा दुई दशकभन्दा बढी समय आबद्ध भएर विद्यार्थीलाई अन्तर्राष्ट्रिय संस्कृति र परिकार विधामा शिक्षा तथा प्रशिक्षण दिई योगदान गरेको जानकारी दिइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad