समाज


अमेरिकी सेनाको इन्डो-प्यासिफिक कमान्डका डेपुटी कमान्डर काठमाडौँमा

अमेरिकी सेनाको इन्डो-प्यासिफिक कमान्डका डेपुटी कमान्डर काठमाडौँमा

अमेरिकी सैन्य टोली आएको विमान।


नेपालखबर
कात्तिक २३, २०८१ शुक्रबार १८:१, काठमाडौँ

अमेरिकी सेनाको इन्डो-प्यासिफिक कमान्डका डेपुटी कमान्डर लेफ्टिनेन्ट जनरल जोशुआ एम रुडको नेतृत्वमा ६ सदस्यीय सैन्य टोली शुक्रबार नेपाल आइपुगेको छ। 

नेपाली सेनाको निमन्त्रणामा अमेरिकी सेनाको यो उच्चस्तरीय टोली शुक्रबार करिब साढे १२ बजे विशेष विमानबाट काठमाडौँ अवतरण गरेको हो। 

टोलीमा ४ जना सैन्य अधिकारी र २ जना क्रु सदस्य छन्। सैन्य टोलीलाई विमानस्थलमा अमेरिकी दूतावासका अधिकारीले स्वागत गरेका थिए।

सुरक्षा अधिकारीहरूका अनुसार सो टोलीले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसहितका अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

‘प्रधानमन्त्री, रक्षामन्त्री र परराष्ट्रमन्त्रीसँग पनि भेटघाटको कार्यक्रम हुनसक्छ’, यो भ्रमणबारे जानकार एक सुरक्षा अधिकारीले भने।

नेपाली सेना र अमेरिकी सेनाबीच सैन्य तालिम लगायतका क्षेत्रमा सहकार्य भइरहेको छ।

यहीबीच पछिल्लो समय अमेरिकी सेनाका उच्च अधिकारीहरू नेपाल भ्रमणमा आउने क्रम बाक्लिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad