ad ad

साहित्य


‘भैरव रिसालका छानिएका रचना – २’ सार्वजनिक

‘भैरव रिसालका छानिएका रचना – २’ सार्वजनिक

नेपालखबर
साउन २६, २०८१ शनिबार १६:१२, काठमाडौँ

वरिष्ठ पत्रकार भैरव रिसालको संकलित रचनाहरूको संग्रह सार्वजनिक भएको छ।

शनिबार काठमाडौँमा एक कार्यक्रमकाबीच वरिष्ठ पत्रकार रिसालको संकलित रचनाहरूको संग्रह ‘भैरव रिसालका छानिएका रचना – २’ सार्वजनिक भएको हो।

पुस्तक सिमल बुक पब्लिकेशनले प्रकाशित गरेको छ। पुस्तकमा रिसालले विभिन्न समयमा विभिन्न पत्रपत्रिकाहरूमा लेखेका लेख तथा रचनाहरूलाई छानेर समावेश गरिएको छ।

पुस्तक सार्वजनिकिकरण कार्यक्रममा बोल्दै विभिन्न व्यक्तित्वहरूले ९७ वर्ष पुगिसकेका रिसालको ऊर्जाको प्रशंसा गरे।

रिसालले आफ्नो पत्रकारिताका दिनहरुमा र लेखनमार्फत देशलाई योगदान पुर्‍याएको भन्दै सम्मान व्यक्त गरे।

कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले रिसालले बहुमूल्य जिन्दगी बाँचेको बताए। 

रिसालले आफ्नो छविलाई बेदाग बनाएको भन्दै यसले सबैलाई प्रेरित गरेको उनको भनाइ थियो।

‘एउटा व्यक्तिले कति वर्ष बाँच्यो भन्ने कुरा जति महत्त्वपूर्ण हुन्छ। बाँचेको जिन्दगी बेदाग बाँच्यो भन्ने कुरा चाहीँ भयंकर कुरा हुन्छ। बाँच्दै गर्दा उचाईमै पुग्यो रे,’ उनले अघि भने, ‘ठूलो जिम्मेवारीमा पुग्यो रे तर पर परबाट हेर्दा टल्किने दागहरु भन्दा लेखनको जिन्दगी, इमानको जिन्दगी बाँचिराखेर, बेदाग रुपमा मान्छेका सामुन्य हात हल्लाउन सक्ने जिन्दगी सबैभन्दा बहुमुल्य हुन्छ।’

रिसालले अझैपनि सक्रिय जीवन व्यतित गरिरहेको भन्दै आगामी दिनमा पनि रिसालको लेख रचना आउनेमा आमन्त्रित अतिथिहरुले विश्वास व्यक्त गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .