ad ad

साहित्य


‘मेडिकलका पाठ्यक्रमभित्रै कला–साहित्य पढाइनु पर्छ’

‘मेडिकलका पाठ्यक्रमभित्रै कला–साहित्य पढाइनु पर्छ’

नेपालखबर
भदौ १७, २०८० आइतबार २०:५९, काठमाडौँ

‘मान्छे अस्पतालमा रोगमात्रै लिएर जाँदैन, जीवन बोकेर गएको हुन्छ। भावनात्मक रुपमा धनि चिकित्सक हुनुपर्छ। त्यसैले चिकित्सकलाई साहित्य जरुरी छ।’

यो शून्यको मूल्य पुस्तकका लेखक डा‍ नवराज केसीले ‘चिकित्सकलाई साहित्य किन आवश्यक छ’ भन्ने विषयमा भएको कार्यक्रममा दिएको अभिव्यक्ति हो। 

हाड, छाला र रगतमात्रै पढ्ने र त्यहीमात्र सोचिरहने चिकित्सकले साहित्य पढेमात्रै बिरामीसँग भावनात्मक रुपमा जोडिनसक्ने उनको भनाइ थियो। 

उनले साहित्यको आवश्यकता प्रष्ट पार्दै भने, ‘जाजरकोटमा एक शिविरमा पुगेको थिएँ। एकजना बुढी आमा आउनुभयो। सायद उहाँसँग दुइओटा धोती फरियामात्रै थियो होला। जसमा एउटाले आफूलाई बेर्नुभएको थियो भने अर्कोमा आफूजत्रै बच्चा, जो कहिल्यै हिँड्न सक्दैन। उहाँले मलाई चार चोटी भेटिसक्नुभएको रहेछ। भन्नुभयो, तपाईंलाई देख्यो भने डाक्टर भेटेजस्तो लाग्दैन, माइती भेटेजस्तो लाग्छ।’

दृष्य यात्रामा दृष्टि परिसकेपछि कस्तो कार्य गर्यौ त भन्ने थाहा बताउँदै केसीले भने, ‘अस्पतालमा काम गरेको लामो समयपछि बल्ल थाहा भयो, मानिसहरु बिरामी भएर मात्रै अस्पताल नआउँदा रहेछन्। बुढा बा आमाहरु छोराछोरी खोज्दै आउँदा रहेछन्। सानो बच्चाले चिकित्सकमा आफूलाई मनपर्ने मामा, सनीमा पनि देख्दोरहेछ। यो दृष्टि सबै चिकित्सकहरुमा उब्जाउन जरुरी छ। त्यसैले साहित्य हरेक अस्पतालमा जरुरी छ।’

केसीले चिकित्सा पेशामा साहित्यको महत्व थप प्रष्ट पार्दै भने, ‘कसैले मलाई चिकित्सा शास्त्रमा सुधार गर्नुपर्यो भने के गर्छस् भनेर सोध्यो भने सुरुको एक वर्ष विद्यार्थीहरुलाई किताबै छुन दिन्न। बिरामीसँग समय बिताऊ भनेर छोडिदिन्छु र बिरामीको अनुहार हेर्न सिकाउँछु।’ 

बिरामीको अनुहार हेरेर रोगको पहिचान हुने, समस्याको पहिचान हुने भन्दै उनले थपे, ‘अनुहारको भावभंगीले नै सिकाउँछ, उसको बिल तिर्ने औकात। जसलाई चिकित्सकले बुझ्न जरुरी छ।’

कार्यक्रममा वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा साहित्यका विभिन्न विधामा हात हालेका डा। भोला रिजालले साहित्य र चिकित्सा सुन्दा फरक सुनिए पनि एकअर्काको परिपूरक रहेको बताए।

उनले भने, ‘एउटाले कला–अध्यात्मको कुरा गर्छ। अर्कोले त्यसको ठिक उल्टो विज्ञानको कुरा गर्छ। तर दुवै एक अर्काका परिपूरक हुन्, एक विना अर्को अधुरो छ।’

रिजालले यदि आफू चिकित्सक नभएको भए साहित्य, कला संगीत र गायनमा परिचय बनाउने बताउँदै भने, ‘म पहिले कलाकार हुँ, अनि बल्ल चिकित्सक।’

साहित्यिक चेत नभएका चिकित्सक टर्रो हुने भन्दै डा भोला रिजालले भने, ‘बिरामीको अधिकांश समस्या अनुहारको भावभंगी हेरेरै पहिचान हुने हो, जुन साहित्यिक चेतविना पुरा हुन सक्दैन।’

कार्यक्रममा चिकित्सा र कलाकारिता एकअर्काको परिपूरक भएको यसलाई मेडिकलका पाठ्यक्रममै राख्नुपर्नेमा वक्ताहरुले जोड दिए। 

डा‍ निरज भट्टराईले सहजकर्ताको भूमिका निर्वाह गरेको कार्यक्रममा सहभागीहरुको सक्रिय सहभागीता थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .