ad ad

साहित्य


बैंकर भण्डारीको ‘आफैँलाई नियाल्दा’ विमोचन

बैंकर भण्डारीको ‘आफैँलाई नियाल्दा’ विमोचन

नेपालखबर
असार १५, २०८१ शनिबार १८:३६, काठमाडौँ

साढे चार दशक मुलुकको बैंकिङ क्षेत्रमा लगानी गरेका राजनसिंह भण्डारीको आत्मपरक पुस्तक ‘आफैँलाई नियाल्दा’ एक समारोहमाझ विमोचन भएको छ।

पुस्तकको विमोचन पूर्वमन्त्री एवं माननीय सांसद शरत सिंह भण्डारी, माननीय सांसद प्रा. डा. चन्दा कार्की, नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर एवं संविधानसभाका सदस्य डा. तिलक रावल, पूर्वाञ्चल विश्वविद्यालयका पूर्वउपकुलपति डा लोक विक्रम थापा र खेम बहादुर रायमाझीले गरेका हुन्।

राष्ट्र बैंकमा २६ वर्ष बिताएका लेखक भण्डारीले कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका थिए। त्यसपछि उनी सिटिजन्स बैंकको संस्थापक प्रमुख कार्यकारी निर्देशक भएका थिए। १७ वर्षसम्म उक्त बैंकको नेतृत्व सम्हालेका उनी सञ्चालक समितिको अध्यक्ष पदबाट हालै मात्र अलग भएका हुन्।

यस अवधिमा देखे-भोगेका धेरै रोचक र महत्त्वपूर्ण घटनाक्रम पुस्तकमा समेटेको कार्यक्रममा वक्ताहरूले बताए।

पूर्वमन्त्री शरत सिंह भण्डारीले यस कृतिलाई एक पेसाकर्मीको इमानदार अभिव्यक्तिको संज्ञा दिएका छन् । पूर्वगभर्नर डा. तिलक रावलले यस पुस्तकलाई लेखक भण्डारीको साहसिक अभिव्यक्तका रूपमा टिप्पणी गरे।

प्रतिनिधि सभा सदस्य प्रा. डा. चन्दा कार्कीको भनाइ छ, ‘लेखकले आफूलाई एक कुशल प्रशासक, कुशल व्यवस्थापक, एक कुशल उद्यमी, एक कुशल गायकको रूपमा स्थापित गरिसकेको कुरा कसैले नकार्न सक्दैन । यस पुस्तकले उनको सहृदयता, साहित्यिक क्षमता, लेखन कला र समर्पणको अर्को रूपको पनि उजागर गरेको छ ।’

प्रकाशक संस्था मिनेट मिडियाका प्रकाश रिमालले भने, ‘देशमा ठूलो रकमको कारोबार गर्ने उद्यमी-व्यवसायीले ऐन-मौकालाई कसरी उपयोग गर्छन्, व्यावसायिक घरानाहरूले कसरी सोच्छन् र एकअर्काप्रति केकस्ता रणनीति अपनाउँछन् भन्ने रोचक घटनाहरूको प्रस्तुति पुस्तकको अर्को पुँजी हो।’

१३ परिच्छेद र ३१२ पृष्ठको यस पुस्तकको मूल्य रू. १०००।– राखिएको छ । पुस्तक बिक्रीबाट प्राप्त निश्चित आम्दानी शिवचन्द्र स्मृति प्रतिष्ठानमार्फत विपन्न परिवारका मेधावी छात्रछात्राको शिक्षामा खर्च गरिने लेखक तथा प्रकाशकले बताएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .