आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा थाइल्याण्डमा रहेका नेपाली र नेपाली भाषीका संघ संस्थाहरु समेतको सहभागितामा नेपाली भाषा साहित्यक कार्यक्रम आयोजना गरिएको छ।
नेपाली दूतावासको आयोजनामा बैंककमा भएको कार्यक्रममा थाइल्याण्डमा रहेका नेपाली संघ संस्थाहरुको सहभागीता रहेको थियो। कार्यक्रममा करिब दुई दर्जन साहित्यकारहरुले आफ्ना रचनाहरु प्रस्तुत गरेका थिए।
कार्यक्रममा राजदूत धनबहादुर वलीले नेपाली मुलका तथा विदेशमा रहेका नेपाली नागरिकका सन्ततीहरूलाई समेत नेपाली भाषा साहित्यका बारेमा प्रोत्साहित गर्न यस वर्षदेखि भानु जयन्तीका अवसरमा सबै नेपाली तथा नेपाली भाषी संघ संस्थाहरू संगको सहकार्यमा भाषा साहित्य कार्यक्रम आयोजना गर्नु उपयुक्त हुने र त्यसका कार्यका लागि दूतावासबाट सधै सहयोग हुने विचार व्यक्त गरे।
विश्व युद्धपछि थाइल्याण्डको पिलोकमा बसोबास गरेका गोर्खा भर्तीका नेपाली तथा म्यान्मारबाट विभिन्न समयमा बसाई सरी थाइल्याण्ड आएका, साथै विभिन्न कालखण्डमा नेपाल, भारत, भुटान लगायतका मुलुकबाट थाइल्याण्ड आई बसोबास गरेका नेपाली मुलका थाइ नागरिकहरूसमेत गरी उल्लेख्य संख्यामा नेपाली भाषीहरूको थाइल्याण्डमा बसोबास गरेको अवस्था छ।
Shares

प्रतिक्रिया