साहित्य


‘म्याडफेस्ट’को दोस्रो दिन दुईवटै सो हाउफुल

‘म्याडफेस्ट’को दोस्रो दिन दुईवटै सो हाउफुल

नेपालखबर
असार २२, २०८१ शनिबार १७:४४, काठमाडौँ

मण्डला थिएटरका पूर्व विद्यार्थीले आयोजना गरेको रंग महोत्सव ‘म्याडफेस्ट’को दोस्रो दिन दुई सो भव्य दर्शकबीच मञ्चन भएको छ। विजय ब्लोनद्वारा निर्देशित ‘नुग्धा’ र वेदना राईको निर्देशनमा तयार ‘शिल्पिनी’लाई हाउसफुल दर्शक मिलेको हो।

करिब ३ सय दर्शकले महोत्सवमा नाटक हेरेको ‘म्याडफेस्ट’का निर्देशक अनुप न्यौपानेले बताए। ‘मनले काम गरियो भने झरिले पनि नरोक्ने रैछ, दर्शकहरुको यस्तो माहौल देखेर हामी आफैँ उत्साहित भएका छौँ। जसरी दर्शकहरुको माया र प्रतिकृया पाइरहेका छौँ हामीले फेरि फेरि पनि यस्ता महोत्सवहरु गरिरहनुपर्छ जस्तो लागेको छ,’न्यौपानेले भने।

उनले अघि थपे, ‘रमाइलो कुरा चाहि हामीसँग हाम्रो पुस्ता र नयाँ पुस्ताका साथीहरु मात्र हुनुहुन्छ तर जुन उचाई महोत्सवले पाइरहेको छ, एउटा परिपक्व महोत्सव बनेको छ।’


 
महोत्सवका संयोजक प्रेम सिलवालका अनुसार पुसदेखि यो महोत्सवको तयारी सुरू भएको हो।

‘हामीले सोचेजस्तै महोत्सव भव्य रुपमा आयोजना गर्न सक्यौँ। महोत्सवको उद्घाटनमा ४ सय दर्शकको उपस्थिति थियो,’ सिलवालले भने, छयो महोत्सव गरिसकेपछि हामी युवाले आफ्ना लागि अवसर सिर्जना गर्न सक्छौं भन्ने महसुस गरेका छौँ। भविष्यमा यो  महोत्सव अन्तर्राष्ट्रिय स्तरको बन्दै जानुपर्छ भन्ने लाग्छ।’

उनका अनुसार महोत्सवका लागि १८ नाटक आवेदनमा परेको थियो। त्यसमध्येमा ६ नाटक छनौट भइ मञ्चनमा छन्। महोत्सव लगतै यी ६ नाटक १० दिन निरन्तर मञ्चनमा आउनेछन्।

महोत्सवमा नाटक हेर्न छुटाएका दर्शकका लागि मञ्चन समय थपिएको उनी बताउँछन्। महोत्सवको दोस्रो दिन ‘द जर्नी अल्मुनाइ टक्स’माथि कलाकार पशुपति राईको सहजीकरणमा कलाकार लक्ष्मी वर्देवा, नम्रता केसी, सन्दीप श्रेष्ठ, अनिल कुर्मी र प्रेम सिलवालबीच अन्तरक्रिया गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad