ad ad

साहित्य


पद्मश्री साहित्य पुरस्कारको विस्तारित सूची सार्वजनिक, छानिए यी १५ कृति

पद्मश्री साहित्य पुरस्कारको विस्तारित सूची सार्वजनिक, छानिए यी १५ कृति

नेपालखबर
असार १५, २०८१ शनिबार ९:३९, काठमाडौँ

खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले पद्मश्री साहित्य पुरस्कार– २०८० का लागि पहिलो चरणको उत्कृष्ट विस्तारित सूची (लङ लिस्ट) सार्वजनिक गरेको छ।

नेपाली साहित्यमा प्रकाशित उत्कृष्ट कृतिलाई हरेक वर्ष पद्मश्री साहित्य पुरस्कार प्रदान गरिँदै आएको छ । विसं २०८० सालमा प्रकाशित १८६ वटा साहित्यिक पुस्तक प्रतिष्ठानमा प्राप्त भएकामा तीमध्ये पुरस्कार चयन समितिले पहिलो चरणमा १५ पुस्तकको विस्तारित सूची तय गरेको छ।

प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेका नुसार, अब यसै सूचीबाट समितिले अर्को महिना पाँचवटा पुस्तकको उत्कृष्ट संक्षिप्त सूची चयन गर्नेछ र अन्तिममा एउटालाई पुरस्कृत गर्नेछ।

पद्मश्री उत्कृष्ट विस्तारित सूचीका कृतिहरू अकारादि क्रममा यसप्रकार छन्:

१.अडिएका पाइला- उपन्यास, विष्णु सापकोटा

२.अद्वैत- उपन्यास, कृष्ण गौतम

३.अर्को देशमा-कथा संग्रह, सानु शर्मा

४.गल्ली संसार-निबन्ध संग्रह, रोशन शेरचन

५.गोधूलि गीत- उपन्यास, भानु बोखिम

६.गोपीचा- उपन्यास, विश्व कुइकेल

७.जोगियाना- संस्मरण, कुमार नगरकोटी

८.बहादुर शाह- उपन्यास, चिरन्जीवी वाग्ले

९.बागी स्त्रीको आत्मकथा- कविता संग्रह, सुमिना

१०.बादलडाँडा- नियात्रा, राजेन्द्रमान डंगोल

११.बोरा- उपन्यास, अखण्ड भण्डारी

१२.भृकुटी- उपन्यास, गोविन्दप्रसाद कुसुम

१३.लन्डन अनप्लग्ड- संस्मरण, गोपी सापकोटा

१४.संस्कृति चिन्तन – निबन्ध संग्रह, अरुण गुप्तो

१५.साखेजुङको उकालो- जीवानाख्यान, भुवनहरि सिग्देल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .