ad ad

साहित्य


‘प्रवासीको देश हुन्न’ लिएर आए पञ्चम

‘प्रवासीको देश हुन्न’ लिएर आए पञ्चम

नेपालखबर
असार १९, २०८१ बुधबार २३:८, काठमाडौँ

आख्यानकार पञ्चम अधिकारीको नवीनतम कथासंग्रह ‘प्रवासीको देश हुन्न’ काठमाडौँमा पनि लोकार्पण भएको छ।

बुधबार आयोजित एक कार्यक्रममा आख्यानकार नयनराज पाण्डे, समीक्षक राजकुमार बानियाँ, सुमन वर्षालगायतले कृतिको लोकार्पण गरेका हुन्। 

आख्यानकार पाण्डेले पञ्चमको कथासंग्रहलाई मानक मानेर नेपाली डायस्पोरा साहित्यको अध्ययन गर्न सकिने धारणा राखे। उनले भने, ‘कथाको उठानदेखि बैठानसम्म सन्तुलन राख्ने खुबी नै अधिकारीको शक्ति र सामर्थ्य हो।’

त्यस्तै, समीक्षक बानियाँले हत्तपत्त कसैको प्रशंसा नगर्ने आफूले अधिकारीको कथासंग्रह पढेपछि प्रशंसा नगरी चुप बस्न नसकेको बताए। 

‘अधिकारीको काव्यशिल्प काव्यिक र बहुआयामिक छ,’ उनले भने, ‘यसले नेपाली कथामा नयाँ स्वाद र शैलीको बीजारोपण गरेको छ।’

त्यसैगरी समीक्षक वर्षाले प्रवासीको देश हुन्न भन्ने भाष्यलाई कृतिले स्वीकार नगरेको धारणा राखिन्। ‘अधिकारीका कथाले उत्तराधुनिक चेतना अँगालेका छन्,’ उनले भनिन्, ‘अति यथार्थवाद र जादुयी यथार्थवाद अनि अधिआख्यानको प्रयोग सफल छ।’

संग्रहमा १४ वटा कथा समावेश छन्। शिखा बुक्सले प्रकाशन गरेको कृतिको मूल्य ४२५ रुपैयाँ रहेको छ।

यसअघि लेखकको ‘पथिक प्रवासन’ (२०६७) प्रकाशित छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .