ad ad

साहित्य


बैंकर डा. बुद्धि मल्लको ‘सफलता सम्भव छ’ विमोचन

बैंकर डा. बुद्धि मल्लको ‘सफलता सम्भव छ’ विमोचन

नेपालखबर
असार २, २०८० शनिबार २०:५८, काठमाडौँ

बैंकर डा. बुद्धि मल्लको पुस्तक ‘सफलता सम्भव छ’ को विमोचन भएको छ। शिखा बुक्सले प्रकाशन गरेको उक्त पुस्तक नेपाल ब्यवस्थापन संघका अध्यक्ष उपेन्द्र पौड्याल र नेपाल बैंकर संघका अध्यक्ष सुनिल के.सि.ले गरेका थिए।

नेपालका प्रख्यात पर्फमेन्स म्यानेजमेन्ट कोच तथा लेखक डा. मदन बिष्ट र पत्रकार तथा लेखक रोहित भण्डारीले पुस्तकमाथी समिक्षा गरेका थिए।

लेखकले पाठकहरुलाई सहज हिसाबले बुझ्ने गरि बिभिन्न उदाहरणका साथ जिन्दगी सुन्दर छ भन्ने सकरात्मक बिषयको साथै स्मार्टवर्क, जोखिम, टिमवर्क, संघर्ष, नैतिकता, आलोचना, ईष्र्या, धर्य, ब्यवहार, एस्म्यमान लगायत विभिन्न विषयमा ४१ वटा लेखहरु समावेश गरिएका छन्।

पुस्तकमा उनले आफ्नो जीवनको निरन्तरताको लागि घाँटी लामो बनाउन प्रयत्न गरेको देखी संसारका सफल ब्यक्तिहरु बिल गेट्स, दि रक, पृथ्वि नारायण शाह, एड्मण्ड हिलारी, मिल्खा सिंह, जिम केरी, झमक कुमारी, हेनरी फोर्ड, दशरथ माझी, ज्याक मां, भगवान बुद्ध, सचिन तन्दुल्कार, सनाथ जयासूर्या, शेन वार्न, नवोजोद सिद्धु, अमिताभ बच्चन जस्ता हस्तिका जिवनमा घटेका केहि प्रेरक प्रसंगहरु उल्लेख गरेर सफलता सम्भव छ भनेर उदाहरण दिने प्रयास गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .