ad ad

साहित्य


२० महिना लगाएर कवि नवराज पराजुलीले सार्वजनिक गरे 'स्कुल' कविता

२० महिना लगाएर कवि नवराज पराजुलीले सार्वजनिक गरे 'स्कुल' कविता

नेपालखबर
असार ११, २०७९ शनिबार १५:२९, काठमाडौँ

कवि नवराज पराजुलीले २० महिना लगाएर 'स्कुल' कविता सार्वजनिक गरेका छन्।

 १९ जना नेपाली र १६ जना अमेरिकन कलाकारले सँगै काम गरेको उक्त 'स्कुल'  कवितामा १२ भाषाका कलाकारहरुको आवाज दिएका छन्।

भाषा स्वर कलाअन्तर्गत सन्थाली, मैथली, भोजपुरी, लिम्बू, राई ( दुङ्गामी) तामाङ, गुरुङ, मगर, अवधी, कोइच, नेवारी भाषा रहेका छन्।

२० महिना लगाएर लेखिएको उक्त गीति कवितामा उनले ६ महिना लगाएर स्टुडियोमा धेरै भाषा वाद्यवादन र रेकर्डिङ संयोजन गरेको पराजुली बताउँछन्। ​ 

झापामा बाल्यकाल बिताएका नवराज कविता वाचन शैलीका कारण चर्चित छन् । उनको सगरमाथाको गहिराइ पुस्तकलाई २०१७ मा पद्मश्री पुरस्कार प्रदान गरिएको थियो । कविताको सँगालो कृतिमा अधिकांश कविताहरु निजी जीवनमा आधारित छन्।

अल नेपाली पोयट्री स्ल्याम–२०१४ का विजेता एवं साताको साहित्य पुरस्कार २०१५ ‘अष्ट्रेलिया’बाट पुरस्कृत भएका पराजुलीले अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेका छन् ।
कविता विधामा फरक धार पस्कँदै आएका कवि नवराज पराजुलीले गेयात्मक शैलीको नयाँ कविता ‘स्कुल’ तयार पारेका छन् । धेरै मानिसहरुको संलग्नतामा झण्डै दुई वर्ष लगाएर तयार पारिएको कविता भर्खरै युट्युव मार्फत सार्वजनिक गरिएको छ । 

कवि पराजुली अहिले अमेरिका पुगेका छन् । उनले अब चार महिना उतै बस्ने बताएका छन्। उनले अमेरिकाका विभिन्न सहरमा कविता कन्टसर्ट हुने बताइएकाे छ। 

भुवन आचार्यको निर्माणमा बनेको उनको उक्त गीति कवितामा रिदम कडेलको संगीत संयोजन रहेको छ।

भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .