फेसन र क्लोदिङ स्टोरको रुपमा सन् २०१२ मा स्थापित (एचओएफ)ले एन भग–९ का प्रतियोगीहरूका लागि आइ-ला लाउन्जमा ट्यालेन्ट राउण्ड आयोजना गरिएको थियो।
सबै सहभागीहरुले यसमा आफ्नो उत्कृष्ट प्रदर्शन गरे।
प्रतियोगीहरूले आफ्नो विविध संस्कृति, धेरै व्यक्तिहरूबाट गुज्रिएका संघर्ष, सामाजिक समस्याहरू आफ्नो प्रतिभाको माध्यमबाट प्रस्तुत गरेका थिए।
निर्णायकहरू (स्मिथ तामाङ, हाकिम गुरुङ, सुष्मा कार्की, साजिद आलम, निरा जोशी, ऐश्वर्या शर्मा ढकाल) सबैको प्रस्तुति देखेर प्रभावित भए।
अगस्ट ९ मा हुने एन भग ९ को फाइनलमा ट्यालेन्ट राउण्ड (मिस्टर एण्ड मिस ट्यालेन्टेड) बाट दुईजना विजेताको घोषणा गरिनेछ।
व्यावसायिक र सुरुवाती प्रतिस्पर्धीलाई प्रतिस्पर्धीहरुको अनुशासन, सम्भावना र मोडलिङ करिअरमा उनीहरुको समर्पणका आधारमा अब्बललाई छानिने आयोजकले जनाएका छन्।







Shares

प्रतिक्रिया