जीवनशैली


मोडलिङ करिअरको प्लेटफर्म : हाउस अफ फेसनको एन भग–९ अडिसन

मोडलिङ करिअरको प्लेटफर्म : हाउस अफ फेसनको एन भग–९ अडिसन

नेपालखबर
बैशाख २३, २०८० शनिबार १४:५०, काठमाडौँ

एन भग–९ को अडिसन गोल्फुटारको ताज प्यालेसमा भइरहेको छ। बिहान ११ बजेदेखि सुरु भएको अडिसनमा २० जना प्रतिस्पर्धीले भाग लिइसकेका छन्। सय जनाभन्दा धेरै सहभागी हुने आयोजक हाउस अफ फेसन नेपाल (एचओएफ)ले बताएको छ।

‘मोडलिङ करिअर सुरु गर्ने राम्रो प्लेटफर्म ‘एन भग’ भएकाले सहभागी भएको हुँ,’ प्रतिस्पर्धी ज्योती खड्काले भनिन्, ‘अडिसनमा जुन नतिजा आएपनि मेरो करिअरका लागि यो अनुभव महत्त्वपूर्ण हुनेछ।’

सन् २०१२ मा स्थापित एचओएफले फेसन र क्लोदिङ स्टोरको रुपमा तीन चरणमा अडिसन लिनेछ। सुरुमा अडिसन, त्यसपछि ट्रेनिङ र इभेन्ट फिनाले भएर एन भग–९ पूरा हुनेछ। आज भइरहेको अडिसनको नतिजा पनि आजै सार्वजनिक गरिनेछ।

एन भगका अघिल्ला आठ  नीति शाह, नेहा बानु, आकाश श्रेष्ठ, सलिनमान बानिया, आयुषमान देशराज जोशी, रुबिना थापा, प्रियंका राम जोशी, समिम खान, आशीर्वाद बराल र धेरै अरुले आफ्नो मोडेलिङ यात्रा सुरु गरेको एचओएफले बतायो।

तस्बिरहरू:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .