ad ad

जीवनशैली


पिसाबको रङले बताउँछ तपाईंको स्वास्थ्य: जान्नुहोस् सेतो, खैरो र रातो रङको संकेत

पिसाबको रङले बताउँछ तपाईंको स्वास्थ्य: जान्नुहोस् सेतो, खैरो र रातो रङको संकेत

नेपालखबर
असार ८, २०८१ शनिबार ७:३०,

के तपाईंले कहिल्यै आफ्नो पिसाबको रङ याद गर्नुभएको छ? प्रश्न अनौठो लाग्न सक्छ तर यसमा हाम्रो स्वास्थ्यका धेरै रहस्य लुकेका छन्। पिसाबको रङले हाम्रो स्वास्थ्यस्थितिबारे बताउन सक्छ। पिसाबको रङ कहिले पहेँलो, कहिले खैरो, कहिले गुलाबी र कहिले पानीजस्तो हुन्छ। पिसाबका यी सबै रङहरूको कुनै न कुनै अर्थ हुन्छ। 

पिसाबको रङ हल्का पहेँलो छ भने यसलाई राम्रो स्वास्थ्यको संकेत मान्न सकिन्छ। जबकि निर्जलीकरणका कारण पिसाबको रङ खैरो हुन सक्छ। 

जयपुरस्थित नारायण अस्पतालका नेफ्रोलोजी विभागका वरिष्ठ परामर्शदाता डा. कमल कासवान पिसाबको रङलाई ध्यानमा राख्ने हो भने आफूलाई लाग्ने रोगका बारेमा जानकारी हुने र सजिलै उपचार गर्न सकिने बताउँछन्। 

डा. कासवान भन्छन्, ‘पिसाबको रङ परिवर्तन हुनेबित्तिकै रोग लागेको भन्ने हुँदैन। कहिलेकाहीँ खानपानका कारण पनि पिसाबको रङ परिवर्तन हुन सक्छ। तर खानपानले पिसाबको रङ परिवर्तन भएको हो अथवा रोगका कारण भैरहेको छ जानकारी राख्नु पर्छ।’

पहेँलो रङ
सामान्यतया पिसाबको रङ हल्का पहेँलो हुन्छ। पिसाबमा युरोक्रोम नामक तत्व हुन्छ, जसले यसलाई पहेँलो बनाउँछ। हामीले जति धेरै पानी पियौँ, त्यति युरोक्रोम पातलो हुन्छ र यसको रङ कम पहेँलो हुन्छ। 

हाम्रो रगतमा भिटामिन बीको मात्रा बढी भएमा पनि पिसाबको रङ पहेँलो हुन्छ। पिसाब हल्का पहेँलो रङको हुनु राम्रो स्वास्थ्यको संकेत हो।

सुन्तला रङ
पिसाबको रङ सुन्तला देखिनु डिहाइड्रेसनको लक्षण हुन सक्छ। पिसाबको रङ सुन्तला भएको खण्डमा मानिसलाई जन्डिसको संकेत पनि दिन्छ। 

त्यस्तै, विभिन्न रोगका औषधिको सेवनले पनि पिसाबको रङ सुन्तला बनाउँछ।

गुलाबी वा रातो 
चुकन्दर र ब्लुबेरीजस्ता प्राकृतिक रूपमा गाढा रङका फलफूलहरू खाँदा पिसाब रातो वा गुलाबी रङको हुन सक्छ। तर गुलाबी अथवा रातो रङको पिसाबले कहिलेकाहीँ रोगको संकेत पनि गर्ने गर्छन्। प्रोस्टेट बढ्दा, मिर्गौलामा पत्थरी हुँदा र मिर्गौलामा ट्युमर हुँदा पनि पिसाबको रङ रातो अथवा गुलाबी हुने गर्छ। यस्तो अवस्थामा पिसाबबाट रगत समेत बग्छ। 

नीलो वा हरियो
स्युडोमोनास एरुगिनोसा ब्याक्टेरियाको संक्रमणका कारण पिसाबको रङ नीलो हुने गर्छ।  

धेरै खैरो वा कालो
पिसाबको रङ केही औषधिको साइड इफेक्टका कारण खैरो हुन सक्छ। धेरै मात्रामा एलोभेरा वा सिमीको सेवनले पिसाबको रङ गाढा खैरो वा कालो हुन सक्छ। कलेजोको समस्याले पिसाबमा पित्त देखा पर्न सक्छ। यसले पिसाबको रङ पनि गाढा खैरो हुन सक्छ।

गर्भावस्थाको समयमा पिसाबको रङ बादल, सेतो वा दूधजस्तो देखियो त्यो खतराको संकेत हो। यस्तो अवस्थामा तुरुन्तै चिकित्सकको सल्लाह लिनुपर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .