काभ्रेको धुलिखेल अस्पतालको कुरुवा वार्डमा एक पुरुष मृत भेटिएका छन्।
बिहीबार बिहान साढे ८ बजे धुलिखेल नगरपालिका- ६ स्थित धुलिखेल अस्पतालको एमरजेन्सी वार्डको बिरामी कुरुवा कोठामा एक पुरुष मृत भेटिएका प्रहरीले जनाएको छ।
नाम, थर र वतन नखुलेका अन्दाजी ६० वर्षका ती पुरुषको सनाखत हुन सकेको छैन।
मृत भेटिएका पुरुषको सनाखतको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
11.4k
Shares
प्रतिक्रिया