ad ad

जीवनशैली


गर्मीको ‘सुपरफुड’ बेल : पाचनदेखि प्रतिरक्षासम्म यस्ता फाइदा

गर्मीको ‘सुपरफुड’ बेल : पाचनदेखि प्रतिरक्षासम्म यस्ता फाइदा

डा. अनु अग्रवाल
जेठ २८, २०८१ सोमबार १३:१६, काठमाडौँ

बेल मानव स्वास्थ्यका लागि गुणकारी मानिन्छ। आयुर्वेदिक औषधिहरूमा बेलका प्रायः सबै भागहरू– फल, पात, टुक्रा र जरासमेत मिसाइएको हुन्छ। सामान्यतया यसको फल मात्र खाने गरिन्छ। स्थानीय स्वाद अनुसार मानिसहरुले यसलाई कतै चटनीको रुपमा, कतै सरबत बनाएर त कहिले दही बनाएर खाने गर्छन्।

बेलमा भिटामिन, फाइबर, पोटासियमजस्ता धेरै पोषक तत्व पाइन्छ। त्यसैले यो हाम्रो पाचन प्रणाली, प्रतिरक्षा, फोक्सो र छालाको लागि धेरै लाभदायक छ।

बेल गर्मीमा फल्ने मौसमी फल हो। यो चैत महिनाबाट पाक्न थाल्छ र साउनको अन्त्यसम्म बजारमा आइरहन्छ। यसमा धेरै पोषक तत्व र औषधीय गुण भएकाले यसलाई गर्मीको सुपरफुड भनिन्छ। गर्मीबाहेक अन्य मौसममा बेल खानु स्वास्थ्यका लागि हानिकारक छ। किनभने यसलाई रासायनिक पदार्थ हालेर भण्डार गरिएको वा पकाएको हुन सक्छ।

गर्मीमा नियमित रूपमा बेल खाएमा धेरै रोगबाट मुक्ति पाउन सकिन्छ। यसमा क्याल्सियम, पोटासियम, आइरन र सोडियम जस्ता धेरै पोषक तत्वहरू पाइन्छ। 

गर्मीमा सबैभन्दा ठूलो समस्या भनेको थकान हो। धेरै पटक पूरा निद्रा लाग्दा पनि थकान महसुस हुन्छ। किनकि हाम्रो शरीरका अंगहरूले थर्मोडायनामिक्स कायम राख्न निरन्तर मेहनत गरिरहेका हुन्छन्। त्यसैले आराम गरेपछि पनि थकान कायमै रहन्छ। यस्तो अवस्थामा बेल खाँदा उर्जाशील हुन मद्दत गर्छ। बेलले हाम्रो स्वास्थ्यमा विभिन्न तरिकाले प्रभाव पार्छ :

पाचन प्रणाली
बेलले हाम्रो पाचन प्रणालीलाई बलियो बनाउँछ। सामान्यतया पाचन विकारहरू जस्तै पखाला, आउँलगायत समस्या कम गर्छ। एक अध्ययनअनुसार बेलमा पाइने एन्टिस्पास्मोडिक गुणले ग्यास्ट्रोइन्टेस्टाइनल ट्रयाक्टलाई राहत दिन्छ र अपचमा पनि राहत दिन्छ। यो कब्जियत भएका मानिसका लागि पनि लाभादायक मानिन्छ।

छाला
बेलले छालालाई नरम राख्न मद्दत गर्छ। छाला सुख्खा हुन दिँदैन। बेलमा एन्टी–इन्फ्लेमेटरी गुणहरू पनि छन्, जसले छाला पोल्ने समस्या हुन दिँदैन।

श्वासप्रश्वास 
बेल हाम्रो श्वासप्रश्वास प्रणालीको लागि पनि धेरै लाभदायक छ। यसको सेवनले सास फेर्न सजिलो बनाउँछ। दमको समस्या भएमा बेल सेवनले राहत दिन्छ। आयुर्वेदका अनुसार बेलले कफलाई नियन्त्रण गर्छ। त्यसैले यसले श्वासप्रश्वाससम्बन्धी सबै समस्यामा आराम दिन्छ।

प्रजनन् स्वास्थ्य 
बेलमा पाठेघरको मांसपेशीलाई आराम दिने गुण हुन्छ। यही कारणले गर्दा रजस्वालामा हुने समस्या हटाउन र अनियमितता नियन्त्रण गर्न बेल उपयोगी हुन्छ। बेलले हर्मोन सन्तुलन कायम राख्छ। 

प्रतिरक्षा प्रणाली
बेलमा भिटामिन सी प्रचुर मात्रामा पाइन्छ। नेसनल लाइब्रेरी अफ मेडिसिनमा प्रकाशित एक अध्ययन अनुसार भिटामिन सी शक्तिशाली एन्टिअक्सिडेन्ट हो। साथै यसमा पाइने फाइबरले पेटको स्वास्थ्यमा सुधार गर्छ। बेलमा यी दुवै गुणले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ।

(डा. अनु अग्रवाल वरिष्ठ आहारविद् हुन्)


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .