ad ad

जीवनशैली


हड्डी बलियो बनाउनेदेखि स्मरणशक्ति बढाउनेसम्म, स्ट्रबेरी खानुका ५ फाइदा

हड्डी बलियो बनाउनेदेखि स्मरणशक्ति बढाउनेसम्म, स्ट्रबेरी खानुका ५ फाइदा

नेपालखबर
फागुन १७, २०७९ बुधबार १३:९, काठमाडौँ

स्ट्रबेरी हेर्दा जति राम्रो देखन्छि खाँदा पनि उत्तिकै स्वादिलो हुन्छ। अमिलो र गुलियो स्वाद मिसिएको स्ट्रबेरी धेरैले खान रुचाउँछन्। 

स्ट्रबेरीको बास्ना पनि उत्तिकै राम्रो आउने गर्छ। स्ट्रबेरी स्वास्थ्यका लागि पनि उत्तिकै लाभदायक मानिन्छ। यसमा धेरै तत्वहरू पाइन्छ जो स्वास्थ्यका हिसाबले निकै राम्रो मानिन्छ। 

स्ट्रबेरीमा भिटामिन सी, एन्टिअक्सिडेन्ट, एन्टिइन्फ्लेमेटरी, फोलेट, पोटासियम पाइन्छ। जसले विभिन्न समस्यालाई कम गराउँछ। 

स्ट्रबेरी स्वादका लागि मात्र नभएर स्वस्थ रहनका लागि खाइने फलफूलमध्ये एक हो। 

तौल कम गर्न 
स्ट्रबेरी खाँदा लामो समयसम्म भोक लाग्दैन। र यसमा क्यालोरीको मात्रा पनि निकै कम हुने भएकाले बढ्दो तौललाई बढ्न नदिई नियन्त्रण गर्छ। 

दाँत स्वस्थ राख्छ
स्ट्रबेरीले दाँतलाई बलियो र स्वस्थ राख्न पनि निकै ठूलो मद्दत गर्दछ। यसमा भिटामिन सी प्रशस्त मात्रामा पाइने भएकाले मुख स्वास्थ्यका लागि स्ट्रबेरी खानैपर्छ। 

स्ट्रबेरीले गिजा बलियो बनाउनेदेखि दाँतको पहेँलोपनालाई पनि हटाउँछ। 

हड्डी बलियो बनाउँछ
उमेर बढ्दै जाँदा शरीर र हाडमा विभिन्न समस्या देखिने गरेको छ। महिलामा रजस्वलापश्चात् देखिने विभिन्न समस्याको लागि पनि स्ट्रबेरी सेवन राम्रो मानिन्छ।

स्ट्रबेरीमा प्रशस्त मात्रामा पोटासियम, भिटामिन र म्याग्नेसियम हुन्छ। जसले हाड बलियो बनाउनमा प्रमुख भूमिका खेल्छ। 

स्मरण शक्ति बढाउँछ
कैयौँ रिसर्चअनुसार स्मरणशक्ति कमजोरीमा पनि स्ट्रबेरीले फाइदा गर्ने बताइएको छ। यसमा भएको एन्थ्रोसायनिनले स्नायु प्रणालीलाई बलियो बनाउँछ। यसले दिमागलाई शान्त गर्नुको साथै कार्यक्षमता पनि बढाउँछ।

एन्टिअक्सिडेन्टको राम्रो स्रोत
स्ट्रबेरीमा एन्थ्रोसायनिन पाइन्छ। यो एन्टिअक्सिडेन्टको राम्रो स्रोत हो। यसको काम, घाम, धूलो, प्रदूषणबाट आउने समस्यामा कमी ल्याउने हुन्छ। बायोटिनको पर्याप्त मात्राले कपालको साथ साथ नङ बलियो बनाउन पनि यो सहयोगी हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .