ad ad

राजनीति


प्रचण्डलाई चन्दको प्रश्न : सत्ता संघर्ष छाडेर निर्वाचन सुधार केन्द्र स्थापना गर्न सकिन्न?

प्रचण्डलाई चन्दको प्रश्न : सत्ता संघर्ष छाडेर निर्वाचन सुधार केन्द्र स्थापना गर्न सकिन्न?

नेपालखबर
साउन १२, २०७९ बिहिबार १३:४८, काठमाडौँ

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले सत्ता संघर्ष छाडेर निर्वाचन सुधार केन्द्र स्थापनाको बाटोमा लाग्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएका छन्। 

केही दिनअघि प्रचण्डले निर्वाचन अति नै खर्चिलो भएकाले थेग्नै नसकिने अवस्था आएको प्रसङ्गलाई उद्धृत गर्दै चन्दले सत्ता संघर्षलाई थाँती राखेर व्यवस्था सुधार अभियान थाल्न भनेका हुन्। 

'हालै आएको पुष्पकमल दाहाल प्रचण्डको हालसालै प्रकाशित वक्तव्यप्रति मलाई चाख  लागेको छ। उहाँले निर्वाचन  खर्चिलो भएर साधारण राजनीतिक कार्यकर्ता  र व्यक्तिले चुनाव  लड्न सक्दैनन् भन्नु भएको रहेछ', चन्दले भनेका छन्, 'यस्तै वक्तब्य  सभामुखबाट पनि आएको छ। वास्तवमा यो एकदम सही कुरा हो। मुलुकमा खासगरी राजनीतिमा देखिएका सम्पूर्ण  बेथितिको जड पनि यही हो।'

चन्दले यसलाई सच्याउने जिम्मेवारी राजनीतिक नेताहरुकै काँधमा हुने बताउँदै निर्वाचन  निष्पक्ष र स्वतन्त्र बनाउने  अभियानमा प्रचण्ड लाग्नेबारे प्रश्न उठाएका छन्। 

'उहाँ (प्रचण्ड) यसतर्फ लाग्नु हुन्छ  त? उहाँसँगै हाल पूर्व प्रधानमन्त्रीहरु  माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई हरु र र नेता वामदेव गौतमजी पनि  एक समाजवादी  केन्द्र  स्थापनाका लागि  प्रयत्नशील रहनुभएको छ।  सत्ता  संघर्षमा यो अस्वभाविक नभएकोले मैले भन्नु  केही छैन।'

तर उनले  सत्ता संघर्षलाई  थाँती  राखेर एक निर्वाचन  सुधार  केन्द्र  पनि स्थापित गर्न नेताहरुले आँट गर्नुपर्ने बताए।

'व्यवस्था सुधार्ने हो भने निर्वाचन सुधार केन्द्र स्थापना गर्न नेताहरुले आँट गर्लान्? प्रचण्डजीले आँट गर्नुहोला?', उनले सोधेका छन्, 'यस केन्द्रबारे एमाले-काङ्ग्रेस  लगायत सबै  पार्टीहरूसँग  छलफल गरेर जोडदार अभियान चलाउन सकिन्न? सकारात्मक  जवाफ को आशा छ।'

उनले यो कुरा समयको प्रजातन्त्र र मुलुकको मागका रुपमा रहेको बताएका छन्। 'यस्तो अभियान मार्फत सत्ता  प्राप्त  हुँदैन होला', उनले भनेका छन्, 'तर जनताबाट र भावी दशौँ पुस्ताबाट उहाँहरुको जय जयकार हुनेछ।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .